सांसद तथा शिक्षाविद् डा. पोखरेलको निधन


Share This

नेपालबहस संवाददाता    

२३ पुस, काठमाडौं । निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आज निधन भएको छ ।

मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ६ः०० बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान ७ः१५ बजे नर्भिक अस्पताल पु¥याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ ।

प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहेको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिए । विनायकसुधा(भिएस) निकेतनका संस्थापक प्रिन्सिपल पोख्रेल विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् थिए ।

मंगलबार निजी विद्यालय बन्द हुने
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ ।

प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आज बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए ।

यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उनले बताए । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।

प्याब्सनका सल्लाहकारसमेत रहेका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार