सांस्कृतिक संस्थानको आयोजनामा नेपाली–जापानी लोकधुन प्रस्तुत, आगामी फगुनमा खुला राष्ट्रिय लोक भजन प्रतियोगिता हुने


Share This

नेपालबहस संवाददाता    

२९ पुस, काडमाडौं । नेपाल र जापानका कलाकारले चौतारी साँझ–२०७४’ कार्यक्रममा नेपाली र जापानी गरी १४ लोकधुन प्रस्तुत गरेकाक छन् ।

सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा लामो समयदेखि जापानमा बसेर बाँसुरी र तबलाका माध्यमबाट नेपाली गीतसंगीतको प्रवद्र्धनमा क्रियाशील चौतारी ब्याण्डका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले लोकधुन प्रस्तुति दिएका हुन् ।

लामाद्वयले बाँसुरी र तबलाको धुन ‘जर्नी थ्रु द लाइट’ शीर्षकमा प्रस्तुति दिँदा मित्सिगुले गीतारमा साथ दिएका थिए । उक्त कार्यक्रममा ‘टोकियो नाइट धुन’ समेत प्रस्तुत गरिएको थियो ।

यस्तै ‘द हिमालयन’, ‘लाम्बादा’, ‘डान्सिङ बर्ड’, ‘क्याराभान’, ‘वनचरी’, ‘ए कान्छा’लगायत शीर्षकका गीतमा तीनै कलाकारले लोकधुन प्रस्तुत गरे ।

नेपाली र जापानी संगीतलाई एकै थलोमा प्रस्तुत गर्न चौतारी साँझ आयोजना गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । चौतारी साँझबाट संकलित रकम सर्लाहीको हरिवन नगरपालिका– ५ स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहका लागि प्रदान गरिने जनाइएको छ ।

को हुन् त लामा दाजुभाइ ?
सर्लाहीका पञ्च लामा र श्रवण लामा दाजुभाइले विदेशमा नेपाली सांगीतिक कार्यक्रमबाट उठेको रकमले स्वदेशमा स्कुल र बालगृह संचालन गरी राखेका छन् ।

चौतारी ब्याण्डका पञ्च र श्रवण लामा जापानमा सांगीतिक कार्यक्रम गर्दै नेपालमा विद्यालय चलाइरहेका छन् र सर्लाही घुर्कौलीका लामा दाजुभाइ पञ्च र श्रवणलाई नेपालको चिन्ताले जापानमा प्रसिद्ध बनाइरहेको छ। टोकियोमा विगत दुई दशकदेखि चौतारी ब्याण्ड स्थापना गरेका बाँसुरीवादक पञ्च र तबलावादक श्रवणले नेपालमा समाज सेवा बढाएसँगै जापानमा उनीहरूले दर्शकरश्रोता बढाएका छन्। यी कलाकार दाजुभाइले जापानका शहरहरूमा ुच्यारिटी कन्सर्टु गरेर १० वर्षदेखि घुर्कौलीमा संचालन गरेको अंगे्रजी माध्यमको जनहित पञ्च इसाका निमाविमा अहिले ३७४ विद्यार्थी पढ्दैछन्। “द्वन्द्वपीडित र केही अनाथलाई उच्च शिक्षा दिने कार्यक्रम बनाएर श्रवण द्वन्द्वपीडित बालगृह खोलेका छौं”, पञ्च भन्छन्। यी दाजुभाइले अहिले बालगृहका ५७ जनालाई स्कूल तथा क्याम्पसमा पढ्ने व्यवस्था मिलाएका छन्।

स्कूल र बालगृह दुवैको व्यवस्थापन हेर्ने चेतना सन्देशका अध्यक्ष सुरेन्द्र लामाका अनुसार लामा दाजुभाइले दुवै संस्थाका लागि अहिलेसम्म रु।१ करोड ६७ लाख उपलब्ध गराइसकेका छन्। यो वर्ष मात्र रु।१३ लाख पठाएको लामाले बताए। नेपालका वाद्यवादकहरूको संस्था बेम्बो हिस्टीले २६ पुसमा ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजना गरेको सांगीतिक कार्यक्रम हिमालय ब्रिज मा दाजुसँगै भेटिएका श्रवणले भने, “घुर्कौली जस्तो ठाउँका भाइबहिनीको पढाइका लागि कन्सर्ट गर्नु आफैंमा आनन्दको कुरा लाग्छ।”

घुर्कौलीको स्कूल संचालन र नेपाली संगीत प्रचारका लागि सयौं नेपाली धुन निकालेका लामा दाजुभाइले कोरिया र थाइल्याण्डमा पनि पटक–पटक कन्सर्ट गरेका छन्। पिएस म्युजिक कम्पनीको नामबाट चौतारी, झ्रना यात्रा, प्रे, हिमालय बिट, बेम्बो स्प्रिट, एसियन पाराडाइज लगायतका सीडी र डीभीडीहरू निकालेर उत्तरपूर्वी एशियाको संगीत बजारमा लोकप्रिय बनेका यी दाजुभाइ कसरी जापान पुगे त ? “२३ वर्षअघि एक जना जापानीले खोलेको नेपाली रेष्टुरेन्टमा बाँसुरी बजाउन म पहिला गएँ”, पञ्च भन्छन्, “त्यसपछि जापानीहरूसँगै मिलेर चौतारी ब्याण्ड खोले अनि श्रवणलाई पनि बोलाएँ।”

खुला राष्ट्रिय लोक भजन प्रतियोगिता फागुनमा

यसैबीच, लोप हुन लागेका नेपाली लोक भजनको संरक्षणको उद्देश्यका साथ प्रथम खुल्ला राष्ट्रिय लोक भजन प्रतियोगिता आगामी फागुन १२ गते पोखरामा हुने भएको छ ।

कार्यक्रम संयोजक तुलसी प्रवासले आधुनिकताको चपेटामा लोक भजनका साथै अन्य संस्कृति लोप हुँदै गएकाले यसको जगेर्नाका लागि प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा बताए ।

खैंजडी, मुजुरा, मृदङ्ग, मादल जस्ता परम्परागत बाजाका साथमा देशका विभिन्न जिल्लाबाट ५० भन्दा बढी समूह प्रतियोगितामा सहभागी हुने बताइएको छ । दर्ता भएका समूहलाई माघ महिनाभरी जिल्लामा छनोट गरी अन्तिम १५ समूहलाई पोखरा प्रदर्शनी केन्द्रमा प्रतिष्पर्धा गराइने छ । पुष्पाञ्जली भजन समूह र लायन्स क्लब अफ पोखरा भद्रकालीको संयुक्त आयोजनामा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजारसहित प्रमाणपत्र तथा अन्य पाँच उत्कृष्ट समूहलाई रु तीन हजारसहित प्रमाणपत्र दिइने लायन्स क्लबका अध्यक्ष भरत कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार