राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा १० हजारमा र्याल काट्ने यस्ता पनि इन्जिनियर


Share This

नेपालबहस संवाददाता    

२ माघ, काठमाडौं । ‘‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मूल नाराका साथ नेपालगन्जमा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गरेका छन् ।

बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उनले विगतका भूकम्पका बेला कमजोर भौतिक संरचनाकै कारण क्षति भएकाले संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैमा अनुरोध गरे ।

प्रधानमन्त्री देउवाले भने “विपद् जोखिम न्यूनीकराण नीति छिट्टै पारित गरी कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ, यससम्बन्धी ऐन २०७४ बनिसकेकाले सुरक्षित निर्माण संस्कृतितर्फ लाग्नुपर्छ,” ।

मूल समारोह समितिका अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले दीर्घकालीन रुपमै जोखिम कम गर्ने नीति सरकारले लिएको बताए ।

“प्राकृतिक र गैरप्राकृतिक विपद्बाट बच्नका लागि भू–उपयोग नीति बनाई लागू गरिनुपर्छ, भवनसंहिता पालनामा पनि कडाइ गरिनुपर्छ, अब नेपालले हस्ताक्षर गरेका विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धि अनुसारका व्यवस्था गरिनेछ”–उनले भने ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेकामध्ये ८८ हजार घर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए ।

“दुई लाख ४५ हजार घर पुनःनिर्माण भइरहेका छन्, भूकम्प प्रभावित २८२ स्थानीय तहमा दक्ष निर्माणकर्मीको तालिम भइरहेको छ, भूकम्पपीडितले घर बनाउन स्थानीय तहले एक हप्तामा नक्सा पास निःशुल्क गर्ने व्यवस्था गरिएको छ”–उनले भने ।

घर बनाउन नसक्ने ७५ वर्ष नाघेका वृद्ध÷वृद्धा, ६० वर्ष नाघेका एकल महिलाको लगत संकलन भइरहेको प्राधिकरणले जनाएको छ । अशक्तको आवास पुनःनिर्माणका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको प्रमुख कार्यकारी अधिकृत भुसालले जानकारी दिए ।

प्राधिकरणले यसै आर्थिक वर्षदेखि धरहरा पुनःनिर्माण गर्ने तयारी गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहरका चोक एवं गल्लीभित्र अहिले पनि टेको लगाएका घर रहेकाले बाटो हिँड्दा डर लाग्ने अवस्था रहेको बताए । “महानगरमा निजी घर निर्माण गर्दा मात्र नक्सा पास हुने गरेको छ, सरकारी भवन, सांस्कृतिक सम्पदालगायत संरचनाको नक्सा पास हुँदैन, अब यी संरचनाको पनि नक्सा पास गर्ने व्यवस्था हुनुपर्छ”–उनले भने ।

काठमाडौँलाई ऐतिहासिक र सांस्कृतिक शहर पुनःस्थापना गर्ने क्रममा निजी संरचना निर्माणका लागि केही सहुलियत दिए सहज हुने प्रमुख शाक्यले बताए ।

मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मा र मूल समारोह समितिका सदस्यसचिव एवं भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका महासचिव आमोदमणि दीक्षितले विपद्पूर्वको तयारीका लागि जनचेतना जगाइनुपर्नेमा जोड दिए ।

विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ आज देशभर विविध कार्यक्रम गरी दिवस मनाइयो । यसअघि नयाँ सडकको जुद्ध सालिक अघिबाट जनचेतनामूलक भूकम्पीय सुरक्षा पदयात्रा निकालिएको थियो ।

दिवस मनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो । ७५३ वटै स्थानीय तहलाई पनि जनचेतनामूलक कार्यक्रम गर्न जिल्ला प्रशासनले नै समन्वय गरेको थियो ।

नगरका ९० प्रतिशत संरचना भूकम्पीय जोखिमयुक्

नेपालगन्जमा भूकम्प जागरण ¥याली निकालिएको थियो । स्थानीय प्रशासन कार्यालयबाट निस्केको ¥याली नेपालगन्ज बजारको परिक्रमापछि आयोजित सभाका वक्ताले भूकम्पीय जोखिमबाट जोगिन बलियो संरचना निर्माण गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

सभामा शहरी डिभिजन कार्यालयका प्रमुख सुनिलकुमार ठाकुरले नेपालगन्जको ९० प्रतिशत घरको संरचना उच्चभूकम्पीय जोखिममा रहेको बताउँदै अब बन्ने संरचनामा सम्बद्ध निकायले कडाई गर्नुपर्नेमा जोड दिए।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भूकम्पबाट हुने जोखिम न्यूनीकरण गर्न ठोस कार्यक्रम तर्जुमाको खाँचो रहेको बर्ताका छन् ।

इन्जिनियर सुशील चापागाईं पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु १० हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले आजै यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत नासु यादव पौडेल, खरिदार सुमन पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विदेशी सवारी चालक अनुमतिपत्रको नेपालीकरण गर्ने प्रयोजनाका लागि सेवाग्रीसँग घुस माग्दा माग्दै उनीहरु केही दिन पहिले घुस रकम रु ३० हजारसहित पक्राउ परेका थिए । उनीहरुको साथमा लेखापढी व्यावसायी अशोक कार्कीसमेत पक्राउ परेका थिए । उनीहरुलाई हदैसम्मकोे कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार