उपभोक्त ठग्दै गोल्छा अर्गनाइजेशन


Share This

नेपालबहस संवाददाता    

१० माघ, काठमाडौं । गोल्छा अर्गनाइजेशनअन्तर्गतको गोल्छा अटोमोबाइल्स (जीओ ) प्रालि एउटा ‘अटोमोटिभ’ विभाग हो ।

यसले विश्वप्रसिद्ध फोर्ड ब्राण्डका सवारीलाई नेपालमा विक्री गर्दै आएको छ । कम्पनी फोर्ड ब्राण्डको सवारीको नेपालस्थित आधिकारिक विक्रेता हो । नेपालमै विश्वस्तरीय ब्राण्डको सुविधा दिने नाउँमा कम्पनीले कसरी नेपाली उपभोक्तलाई लट्याइ–लट्याई लुटीरहेको छ भन्ने नमुना प्रस्तुत गरेको छ ।

फोर्डको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्राइभेट लिमिटेडले छुटका नाममा लुट मच्चाएको खुलेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार राजधानीको थापाथलीस्थितमा रहेको फोर्डको सोरुममा गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो । फोर्ड कम्पनीले नेपालमा बिक्री गर्दै आएको इको स्पोर्ट चार पांग्रे सवारीसाधनमा छुटका नाममा ठगी गरेको समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित भएको छ ।

विभागका अनुगमन टोली संयोजक रमेशकाशी श्रेष्ठका अनुसार जीओ अटोमोबाइल्सले फोर्डको इको स्पोर्ट मोडेल गाडीमा बिक्री मूल्यमा थप मूल्य राखेर थपिएको मूल्यबाट ‘छुटु दिएको भन्दै उपभोक्तालाई ठग्दै आएको छ। ‘जीओले फोर्ड गाडीमा लागत मूल्यमा दुई लाखभन्दा बढी मूल्य थप्ने र थपिएको मूल्यमा छुट दिएको भन्दै उपभोक्ताबाट बढी मूल्य असुल गरी ठगी गरेको पाइएको छु, विभागका अनुगमन संयोजक श्रेष्ठले भने।

विभागका अनुसार १.५ लिटर पेट्रोल मोडेलको इको स्पोर्ट गाडीको करबाहेक वास्तविक बिक्री मूल्य २२ लाख ५८ हजार दुई सय ९२ रुपैयाँ मात्रै पर्छ। एचआर ६४६०० इन्जिन नम्बर भएको उक्त ब्रान्डको गाडी दुई लाख २८ हजार चार सय ३३ रुपैयाँ अतिरिक्त मूल्य जोडेर जीओ अटोमोबाइल्सले २४ लाख ८६ हजार सात सय २५ रुपैयाँमा सोमबार बिक्री गरेको बिल नम्बर ७५७ बाट भेटिएको छ।

यसरी एउटै गाडीमा गैरकानुनी रूपमा यति धेरै मूल्य असुलिरहेको प्रमाण फेला परेको छ भने अन्य गाडीमा अनुसन्धान हुन बाँकी छ। उपभोक्ता संरक्षण ऐनले कुनै पनि वस्तु तथा सामानमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने प्रावधानलाई ठाडै उल्लंघन गर्दै फोर्डले यसरी ठगीधन्दा चलाउँदै आएको पहिलोपटक सार्वजनिक भएको हो । केही दिनयता विभागले सवारीसाधनमा अत्यधिक लुटतन्त्र हावी भएको चाल पाएर बजार अनुगमनलाई तीव्र पार्दै आएको छ।
‘उपभोक्तासँग बिक्रेताले कतिसम्म ठगी गरेको छ भने बिक्री मूल्य २२ लाख ५८ हजार भनिए पनि त्यसमा तीन लाख ३६ हजार दुई सय ८३ रुपैयाँ अतिरिक्त जोडेर उपभोक्ता मूल्य २८ लाख २३ हजार कायम गरिएको छ, श्रेष्ठले भने, ‘अब उपभोक्तालाई बिक्री गर्दा जीओ अटोमोबाइल्सले २८ लाख २३ हजारमा तीन लाख रुपैयाँ छुट दिएको भनेर २४ लाख ८६ हजारमा बिक्री गरेको सप्रमाण फेला पारेका छौं।‘

उपभोक्तालाई झुक्याएर ठगी गरी सवारीसाधन बिक्री गरेको अभियोगमा विभागले जीओ अटोमोबाइल्सलाई आवश्यक सम्पूर्ण कागजातसहित तीन दिनभित्रमा उपस्थित हुन निर्देशन दिएको छ। अनुगमन संयोजक श्रेष्ठले भने, ‘बिक्री मूल्यभन्दा बढी मूल्य थपिएको कारणसहित आउन बोलाएका छौं, कागजातका आधारमा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउछौं।

कोटजीओले फोर्ड गाडीमा लागत मूल्यमा दुई लाखभन्दा बढी मूल्य थप्ने र थपिएको मूल्यमा छुट दिएको भन्दै उपभोक्ताबाट बढी मूल्य असुल गरी ठगी गरेको पाइएको छ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार