कानुन र मानविकी संकायको परीक्षाफल, गौतमविरुद्ध विशेष अदालतमा मुद्दा


Share This

नेपालबहस संवाददाता    

१२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत÷वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल हिजो प्रकाशन गरिएको छ ।

त्यसैगरी परीक्षा नियन्त्रण कार्यालयले २०७४ कात्तिक÷मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल पनि प्रकाशित गरेको छ ।

उक्त परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.com/ www.tu.ntc.net.np मा हेर्न सकिने तथा नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने विश्वविद्यालयले जनाएको छ ।

भ्रष्टाचार अभियोगमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु तीन लाख २२ हजार २४० बराबरको भ्रष्टाचार गरेको अभियोगमा महेन्द्र आधारभूत विद्यालयका तत्कालीन प्राधानाध्यापक विनोदकुमार गौतमविरुद्ध विशेष अदालतमा हिजो मुद्दा दायर गरेको छ ।

विद्यालयको भवन, शौचालय निर्माणमा अनियमितता गरेको, छात्रवृत्तिका लागि प्राप्त भएको रकम विद्यार्थीलाई वितरण गरेको भन्ने सन्दर्भमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन प्रअ गौतमको अनियमितता देखिएको आयोगको अनुसन्धानबाट खुलेको प्रवक्ता पदमप्रसाद पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले बिगो असुलउपर गरी कारबाही गर्ने मागदाबीसहित मुद्दा दायर गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार