ओलीको विशेष निम्तो मान्दै स्वराज काठमाडौंमा


Share This

नेपालबहस संवाददाता    

१८ माघ, काठमाडौं । भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराजले आफू नेपाल कुनै विशेष कार्यसूची लिएर आएको नभई सबैसँंग भेटघाट गर्न मात्रै आएको बताएकी छिन् ।

अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै उनले यसरी आउने जाने गर्दा दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताउँदै भनिन्, “नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई मेरो भ्रमणले अझै मजबुत बनाउने छ ।”
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, नेकपा(एमाले) अध्यक्ष, र राजपा नेता लगायत अन्य नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

एमालेको भव्य स्वागत
नेपालमा निर्वाचन सम्पन्न भएर सरकार गठन भईनसक्दै भारतीय विदेशसचिव सुष्मा स्वराज काठमाडौं आएकी छिन् । उनी देउवा सरकारले बोलाएको नभई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा आएको परराष्ट्र स्रोतले जनाएको छ ।

सूत्रहरुका अनुसार विदेशमन्त्री सुष्मा नेपाल आउनुपूर्व केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच यसबारे छलफल भएको थियो ।

मोदी र ओलीवीचको छलफलपछि नै यो भ्रमण तय भएका कारण सुष्माले काठमाडौं आएकै साँझ एमाले अध्यक्ष केपी ओलीका तर्फबाट रात्रीभोजको भव्य स्वागत र सम्मान पाएकी छिन् ।

केपी ओली भावी प्रधानमन्त्री हुन् । तर, उनले बहालवाला प्रधानमन्त्रीजस्तै गरी राष्ट्रिय झण्डा समीपमा बसेर सुष्मालाई सोल्टी होटलमा भव्य स्वागत गरेका छन् ।

मोदीको दूत बनेर एक्लै आउँदा पनि हुने अवस्थामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्ना विदेशसचिव गोखले र नाकाबन्दीका ‘आर्किटेक्ट’ दलेलालाई समेत लिएर आएकी छिन् । र, सोल्टी होटलमा एमाले नेताहरुसँगको भेटघाट निकै तामझामपूर्ण वातावरण देखिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार