साहित्यकार ब्राजाकीको अन्त्येष्टि, हृदयघातले किरियापुत्रीको निधन


Share This

नेपालबहस संवाददाता    

१९ माघ, काठमाडौं । साहित्यकार मनु ब्राजाकीको धार्मिक विधिअनुसार पशुपति आर्यघाटमा आज अन्तिम संस्कार गरिएको छ ।

उनको पार्थिव शरीरमा उनका सुपुत्र अमितसिंह भण्डारीले दागबत्ती दिएका थिए । साहित्यकार ब्राजाकीलाई अन्तिम श्रद्धाञ्जलि दिन पशुपति आर्यघाटमा साहित्यकार, लेखकलगायत विभिन्न क्षेत्रका व्यक्तिको भीड थियो । साहित्यकार ब्राजाकीको आज बिहान १०ः३० बजे ७५ वर्षका उमेरमा पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । विसं २०६० देखि मस्तिष्क शिरोघात समस्याले पीडित ब्राजाकी मंसिर अन्तिम साता अस्पताल भर्ना भएका थिए ।

विसं १९९९ साउन १९ गते महोत्तरीको औरहीमा जन्मिएका चेतमानसिंह भण्डारी मनु ब्राजाकीका नामले बनारसमा अध्ययन गर्दादेखि गजल विधामार्फत साहित्य सिर्जनामा लागेका उनका विषयमा खोज गरेका जीवनपानी पोखरेलले जानकारी दिए । नेपाल फर्किएपछि भने उनले कथा विधामा पनि कलम चलाएका थिए ।

कथा, गजल, संस्मरण र स्तम्भ लेखनमा सक्रिय ब्राजाकीका ‘तिम्री स्वास्नी र म’, ‘अवमूल्यन’, ‘पारदर्शी मान्छे’, ‘अन्नपूर्णाको भोज’, ‘जनजीवनका जीवनगाथा’, ‘मनु ब्राजाकीका लघुकथा’, ‘गजल गंगा’, ‘काँडाको फूल’, ‘आगोले त पोल्छ, पोल्छ पानीले पनि पोल्छ’ लगायत कृति प्रकाशित छन् । उनका ‘मनु ब्राजाकीका रोजा गजल’, संस्मरण, समालोचना, कृति समीक्षालगायत पुस्तक प्रकाशोन्मुख छन् । साहित्यकार ब्राजाकीकी श्रीमती, एक छोरा र एक छोरी छन् ।

किरियापुत्रीको निधन
गोरखा नगरपालिका–६ दरबारमार्गमा पिता सूर्यनाथ अर्यालको किरिया बसेका छोरा ईश्वरप्रसाद अर्यालका निधन भएको छ ।

साठी वर्षीय अर्यालको हृदयघातका कारण आज अपराह्न निधन भएको हो । किरियाको कामकाजका लागि धारामा पुगेर घर फर्किने क्रममा लडेका अर्याललाई उपचारका लागि तीनधारेस्थित एपोलो अस्पताल लगिएको थियो । डाक्टर सन्तोष मास्केका अनुसार हृदयघातका कारण अर्यालको निधन भएको हो ।

अर्यालका आफन्त किरणबाबु अर्यालका अनुसार लडेर अचेत भएका ईश्वरको निधन भएको हो । अर्यालका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार