प्रधानमन्त्री देउवा राजिनामाको तयारीमा


Share This

नेपालबहस संवाददाता    

३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गर्दै राजिनामा दिने तयारीमा लागेका छन् । अन्तिम मन्त्रिपरिषद्को बैठक बस्ने तयारी भै रहेको छ ।

प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि आजका लागि तयारी गरिएको थियो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बिहीबार बिहान ९ बजे यो सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक राखिएको र सकिएलगत्तै देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्रीज्यूले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ’, संयोजक परियारले भने ।

देउवा गत जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तेस्रो चरणको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी लिएर चौथोपटक प्रधानमन्त्री बनेका देउवा यी दायित्व पूरा गरेर बाहिरिन लागेका हुन् ।

राष्ट्र्पतिसक्षम प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रतिवेदन प्रस्तुत
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।

शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा हिजो साँझ अबेर प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीको टोलीले राष्ट्रपति भण्डारीसमक्ष प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० विजयी उम्मेदवारको नामसहितको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरेकामा आयोगका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्दै बधाई दिए ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि सफलताका साथ सम्पन्न गराउने जिम्मेवारीलाई पूरा गर्न राष्ट्रपतिबाट निर्देशन भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताए ।

सो अवसरमा आयोगले आफ्नो तर्फबाट संविधान र कानूनले दिएको निर्वाचनको जिम्मेवारीलाई स्वतन्त्र, स्वच्छ, निश्पक्ष ढंगबाट गराउन कुनै कसर बाँकी नराखेको जानकारी गराएको थियो ।

निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा अयोगका सचिव बेगेन्द्र शर्मा पौड्यालसमेत सो अवसरमा उपस्थित थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार