नेपाल डिभिजन टूको उपविजेता


Share This

नेपालबहस संवाददाता    

३ फागुन, काठमाडौं । नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आजको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)ले नेपाललाई जितका लागि २७८ रनको लक्ष्य दिएको थियो । पारस खड्काको अविजित शतकका बाबजुद नेपालले यूएईसँग ७ रनले पराजित भएको छ र विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेता बनेको छ ।

यूएईले भने उपाधिसँगै समूह चरणमा व्यहोरको हारको बदला पनि दिएको छ ।

नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा पारसले तीन छक्का हानेका थिए । तर, जितका लागि नेपाललाई मात्र ८ रन पुगेन । १०३ बलको सामना गरेका पारसले ३ चौका र ८ छक्काको मदतमा अविजित ११२ रन बनाए ।

नेपालको सुरुवात मध्यम रहृयो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले ३८ रनको साझेदारी गरे । नाथ १३ रनमा आउट भए । दुई बलपछि नै ज्ञानेन्द्र पनि व्यक्तिगत २४ रनमा पभेलियन फर्किए ।

पारसले दिपेन्द्र सिंह ऐरीसँग मिलेर पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । दिपेन्द्र ३५ रनमा आउट भए ।

शरद भेषावकरले ६३ रनको साझेदारी गरे । शरद ३० रनमा पभेलियन फर्किए । आरिफ शेख ७ रनमा आउट भए,जतिबेला टिमको स्कोर १८६ रन थियो ।

रोहितकुमार पौडेलले छैटौं विकेटका लागि पारससँग ४२ रनको साझेदारी गरे । उनी २३ रनमा आउट भए । त्यसपछि भने ठूलो साझेदारी हुन सकेन ।

पारसले एउटा एण्डमा बसेर आक्रामक पारी खेलेपनि अरु ब्याट्सम्यान टिक्न सकेनन् । बुधबार नायकी प्रदर्शन गरेका करण केसी मात्र ३ रनमा आउट भए सोमपाल कामीले ६ रन मात्र बनाउन सके ।

बसन्त रेग्मी ५ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २७७ रन बनाएको थियो ।

युएईका लागि अस्फाक अहमदले ११४ रन जोडे । त्यस्तै रोहन मुस्ताफाले ५१, रामिज शाहाजादले नटआउट ४१, साइमान अनवरले ४० र गुलाम साबेरले १८ रन जोडे ।

बलिङतर्फ नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले १र१ विकेट लिएका थिए ।

नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २७७ रनको योगफल बनायो ।

युएइका लागि सुरुवाती व्याट्सम्यान अस्फाक अहमेदले शतकीय पारी खेले । १२३ बल खेलेका उनले तीन छक्का र १० चौका गरी कुल ११४ रन जोडे ।

त्यस्तै कप्तान रोहन मुस्ताफाले ५१, साइमन खनवरले ४० तथा रमिद शहजादले अविजित ४१ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी, वसन्त रेग्मी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए । लिग चरणको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार