व्यक्ति हत्याको योजनाकार पुन र आले प्रहरी ‘इन्काउन्टर’ मा मारिए


Share This

नेपालबहस संवाददाता    

९ फागुन, काठमाडौं । विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका–४ भवानीपुरमा प्रहरी कारबाहीमा पुन र आले दुवैजना मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार उनीहरु नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा सिआइबीले सर्च अभियन चलाएको थियो । सर्च अभियनामा गएको सिआईबीका अंगुर डिसीको टोलीमाथि पुन र आलेले फायरिङ गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा उनीहरु घाइते भएका थिए । घाइते पुन र आलेलाई लुम्बिनी अञ्चल अस्पतालले मृत घोषित गरेको हो । गोली लागे लगत्तै प्रहरीले उनीहरुलाई अस्पताल पुर्‍याएको थियो ।

पुनलाई युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, निमार्ण व्यवसायीका अध्यक्ष शरदकुमार गौचन, बुटबलका फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याका योजनाकारको आरोपमा पुन नेपाल प्रहरीको मस्टवान्टेड सूचीमा थिए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनो सबैभन्दा सुरक्षित मानिने काठमाडौंको नयाँबानेश्वरस्थित शान्तिनगरमा दिनदहाडै गोली हानी हत्या गर्ने समूहका प्रमुख योजनाकारकारूपमा मनोज पुनबारे प्रहरीले विवरण सार्वजनिक गरेको थियो ।

२०७३ पुस ४ गते मा बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने समूहका योजनाकार पनि प्रहरीले उनैलार्इ मानेको थियो ।

मनोज पुनको समूह २०७३ पुसमा रुपन्देहीस्थित देबदहका व्यवसायी तथा युवा संघका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्यामा संलग्न मुख्य अभियुक्त थिए ।

गत साउनमै रुपन्देहीको मणीग्राममा व्यवसायी दुर्गालाल भण्डारीलाई पनि लक्षित गरि गोली प्रहार भएको थियो । तर भण्डारी बाँच्न सफल भएका थिए। यी घटनापछि पुनले आफूले गराएको बताएका थिए ।

पुनको समूहले रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ का स्थानीय व्यवसायीसमेत रहेका बलु भनिने वसन्त पौडेलको पनि यही पुसमा हत्या गरेका थिए ।

रुपन्देही देवदह खैरेनीका ४० वर्षीय वसन्त पौडेल बलुलाई देवदह–२ ढेकारमा रहेको आफ्नो काष्ठ उद्योगमा बसेर आगो तापिरहेका बेला शुक्रबार बिहान मोटरसाइकलमा आएका दुईजनाले गोली हानी हत्या गरेका थिए ।

मृतक पौडेल एमालेका स्थानीय कार्यकर्ता र रुपन्देही क्षेत्र नं १ का एमाले अध्यक्ष नीलकण्ठ पौडेलका छोरा थिए। घटनागत्तै गुण्डा नाइके मनोज पुनले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी पौडेलको हत्या आफ्नो समूहले गराएको भन्दै जिम्मा लिएका थिए । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको पुनको योजनामा देवदहमै गोली हानी हत्या गरिएको थियो ।

को हुन मनोज पुन ?
व्यवसायी तथा एमालेको भातृसंगठन युवासंघ नेपालका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्या गरेर चर्चामा आएका मनोज पुन विगतमा त्यही संगठनका स्थानीय नेता थिए ।

रुपन्देहीको देबदहका बासिन्दा पुन केही समय युथ फोर्सको क्षेत्रीय कोषाध्यक्ष पनि भए। उनी त्यो बेला पनि ठेक्कापट्टाको काम गर्थे। युवा संघमा हुँदा पनि उननले फिरौती र गुण्डागर्दीको धन्धा चलाइरहे । युथ फोर्सको नाम दुरूपयोग गरेको भन्दै उनी कारबाहीमा परे। अन्नपूर्ण पोस्ट

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार