सुर्खेत उद्योग वाणिज्य संघद्वारा यू ट्युब च्यानल सञ्चालन


Share This

नेपालबहस संवाददाता    

१३ फागुन, काठमाडौं । उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ ।

सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज यू ट्युब च्यानलको शुभारम्भ गरेका हुन् ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न त्यहाँका उद्योगी–व्यापारीले लगानीमैत्री वातावरणको सृजना गर्न जरुरी रहेको बताए । त्यहाँका उत्पादनलाई बाहिरी देशमा निर्यात गरी आम्दानी गर्न सक्ने अवस्थामा त्यहाँका जनता रहनुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा जडीबुटी प्रशस्त मात्रामा भए पनि अझै पनि सही सदुपयोग हुन नसकेकाले प्रदेशमा भएका जल, जमिन, जडीबुटी, पर्यटनस्थललाई सही सदुपयोग गरेर अघि बढ्न त्यहाँका उद्योगी–व्यापारीलाई आग्रह गरे ।

सुर्खेत उद्योग वाणिज्य संघको यू ट्युब च्यानल संघका हरेक गतिविधिलाई डिजिटल प्रविधिमार्फत बाहिर ल्याउनका लागि च्यानल सञ्चालन गरिएको संघका अध्यक्ष प्रकाश अधिकारीले बताए । च्यानलले संघका हरेक कार्यक्रमका गतिविधिलाई दर्शकसमक्ष पु¥याउने र संघलाई सुशासन प्रवद्र्धनमा अगाडि बढ्न मद्दत मिल्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार