तरुण दलले सातै प्रदेशमा भेला गर्ने (हेर्नुहोस् मिति र स्थान)


Share This

नेपालबहस संवाददाता    

४ चैत, काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ ।

दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न लागेको हो ।

दलका महासचिव भूपेन्द्रजंग शाहीले तरुण दलको केन्द्रीय समितिको आयोजनामा सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।

प्रशिक्षण प्रदेश–१ मा चैत २५ र २६ गते झापामा, प्रदेश–२ चैत २८ र २९ गते पर्सा, प्रदेश–३ वैशाख ३ र ४ गते हेटौँडा, प्रदेश–४ वैशाख ६ र ७ गते पर्वत, प्रदेश–५ वैशाख ९ र १० गते रुपन्देही, प्रदेश ६ वैशाख १२ र १३ गते सुर्खेत र प्रदेश– ७ को वैशाख १५ र १६ गते डडेल्धुरामा हुने महासचिव शाहीले बताए ।

प्रशिक्षणमा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति, केन्द्रीय पार्षदको सहभागिता हुने तरुण दलले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार