निर्माण सम्पन्न भएका घरको अनुदान नरोक्न प्रधानमन्त्रीले दिए कडा निर्देशन


Share This

नेपालबहस संवाददाता    

१९ चैत, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्को बैठकले पुनःनिर्माणको काम हरसम्भव उपाय अवलम्बन गरेर पूरा गर्न प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको परामर्श परिषद्को बैठकमा भूकम्पपछिको पुनःनिर्माणमा हालसम्म भएको प्रगतिको समीक्षा भएको प्रवक्ता यामलाल भुसालले जानकारी दिएका थिए ।

परामर्श परिषद्को बैठकपछि पुनःनिर्माणको बाँकी कार्यलाई थप प्रभावकारी र चुुस्त ढंगबाट अघि बढाउन विस्तृतरुपमा छलफल गर्न आगामी मंगलबार निर्देशक समितिको बैठक बोलाउने निर्णय भएको प्रवक्ता भुसालले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आपूm सन्तुष्ट नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले पुनःनिर्माणको कामलाई कुनै पनि बहानामा नअल्झाउन तथा हरसम्भव प्रयास गरेर पूरा गर्न निर्देशन दिएका थिए ।

“निर्माणको काम धिमा गतिमा भयो”, प्रधानमन्त्री ओलीले भने, “यसलाई गति दिनुपर्छ । कतिपय पीडितले मापदण्ड नपु¥याइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज होइन ।”

“भूकम्प गएको तीन वर्षपछि मापदण्डको फित्ता र डण्डी लिएर गएर हुँदैन । निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनुपर्दछ,” उनले भने ।

पहिलेदेखि बसोबास गरिआएका तर जग्गाधनी पूर्जा नभएका घरधनीलाई पनि अनुदान रकम उपलब्ध गराउन निर्देशन दिँदै उनले ऐन कानूनले केही अफ्ठ्यारो पार्छ भने सच्याएर अरुले पाएसरह सुविधा दिने व्यवस्था गर्नुपर्दछ ।

प्रधानमन्त्री ओलीले सिंहदरबार भवन पुनःनिर्माण विश्वविद्यालयमा पढेर आएर अभ्यास गर्ने ठाउँ नभएको उल्लेख गर्दै सिंहदरबारको मूल भवनमा भइरहेको रेट्रो फिटिङको ढिलाईप्रति असन्तुष्टि जनाए ।

अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा शुरु गरेको ‘म बनाउँछु मेरो धरहरा’ कार्यक्रम अलपत्र परेकोमा अब तिव्रता दिइनेछ उनले भने ।

परिषद्मा १४ जना सांसद मनोनीत
प्रधानमन्त्री ओलीले भूकम्प अतिप्रभावित क्षेत्रका १४ जना सांसदलाई परिषद्मा मनोनीत भएका छन् ।

मनोनीत हुनेमा यज्ञराज सुनुवार, पार्वत गुरुङ, श्यामकुमार श्रेष्ठ, अग्नि सापकोटा, गंगाबहादुर तामाङ, हरिबोल गजुरेल, प्रेम सुवाल, गगनकुमार थापा, मोहन आचार्य, भूमि त्रिपाठी, हितबहादुर तामाङ, पम्फा भुसाल, विरोध खतिवडा र हरिराज अधिकारी रहेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार