पार्टी एकता समितिमा संगठन र वैचारिक प्रतिवेदन पेस


Share This

नेपालबहस संवाददाता    

२१ चैत, काठमाडौं । निर्वाचनदेखि वाम गठबन्धनमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको आजको बैठकमा पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन बुझाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैचारिक कार्यदलका संयोजक माधवकुमार नेपाल र संगठन कार्यदलका संयोजक गृहमन्त्री रामबहादुर थापाले एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको संयोजन समितिमा बुझाएको हो ।

यही फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नोतर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुंगो लगाउन संयोजन समितिको बैठक बसेको हो ।

प्रतिवेदनमा आगामी वैशाख ९ गते (नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन) एकता घोषणा गर्न सुझाव दिइएको र सोबारे यही चैत २२ मा बस्ने संयोजन समितिको बैठकले निर्णय गर्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

समितिका सदस्य सुवास नेम्वाङले प्रतिवेदनलाई जतिसक्दो छिटो टुंगोमा पु¥याएर वैशाख ९ गते एकता घोषणा गर्न सुझाव दिइएको जानकारी दिए ।

गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सात बुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेका थिए । दुई दलबीच गत असोज १७ मा भएको चुनावी तालमेलपछि एकता प्रक्रिया अघि बढेको हो ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) सबैभन्दा ठूलो राजनीतिक दल हो भने नेकपा (माओवादी केन्द्र) मुलुकको तेस्रो राजनीतिक शक्ति हो ।

९ वैशाख नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन हो। २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीमा यो बीचमा टुटफुटको शृंखला नै चलेको थियो। एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको नामसमेत नेपाल कम्युनिस्ट पार्टी नै बनाउने औपचारिक सहमति गरिसकेका यी दुई पार्टीले पार्टी स्थापनाको ६९ वर्षकै दिन पारेर एकताको औपचारिक घोषणा गर्दा त्यसको सन्देश राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमै सकारात्मक जाने भन्दै कार्यदलले मिति प्रस्ताव गरेको हो।

‘दुवै कार्यदलले प्रतिवेदन बुझाउँदा ९ वैशाखमा पार्टी एकता गर्न प्रस्ताव गरेका छौं। दुवै अध्यक्षले प्रस्तावित मितिलाई पनि हामी ग्रहण गर्छौं भनेर सकारात्मक जवाफ दिएको आजको पत्रपत्रिकामा खबर छ । सकेसम्म सोही दिन एकता गर्ने गरी अगाडि बढ्ने कुरा भएको छ’, एमाले नेता वेदुराम भुसालले भने।

प्रधानमन्त्री ओली २३ चैतअघि नै पार्टी एकता गरी भारत भ्रमणमा जाने तयारीमा थिए । कार्यदलको ढिलाइका कारण ओलीको चाहना पूरा हुन सकेन । तैपनि उनी भारत जानुअघि पार्टी एकताको औपचारिक घोषणा मिति तय गरी जाने तयारीमा छन् । त्यसैका लागि ओलीले आफ्नो भारत भ्रमणको अघिल्लो दिन २२ चैतमा संयोजन समतिकिो बैठक बोलाएका छन् । २२ चैतमा संयोजन समितिको बैठक बसे मिति घोषणा हुने वेदुरामले जानकारी दिए। कार्यदलले बुझाएको प्रतिवेदनमा अझै पनि पार्टी एकताका लागि केही महŒवपूर्ण विषयमा सहमति जुट्न सकको छैन ।

एकीकृत पार्टी संगठनका कमिटीमा दुई पक्षका कति संख्याका नेता समेटिने भन्ने विषय एकता संयोजन समिति बैठकले छलफल गरी टुंगो लगाउनै बाँकी छ । त्यस्तै, पार्टी विधानमा ‘जनयुद्ध’ शब्द राख्ने÷नराख्ने र चुनाव चिह्नका विषय टुंगो लगाउनै बाँकी छ ।

राजनीतिक प्रतिवेदन समतिमिा विवादका विषय नभए पनि अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्य दलमा भने यी विषय विवादकै क्रममा छ। अब एउटा कार्यदलले तयार पारेको प्रतिवेदनलाई अर्को कार्यदलका सदस्यले समेत बुधबार दिनभर अध्ययन गरी साँझसम्म सुझाव दिन भनिएको छ। ‘राजनीतिक प्रतिवेदनमा कुनै विवाद छैन । तर, संगठनमा भने अझै केही विषय छलफलकै क्रममा छ। चुनाव चिह्न र जनयुद्ध भन्ने विषय कार्यदलमा छलफल भएर पनि विवादमै छ’, भुसालले भने, ‘त्यस्तै दुई पार्टीबाट कति संख्यामा नेताहरू राख्ने भन्ने विषयमा कार्यदलले छलफल नगरी सीधै संयोजन समितिलाई नै टुंग्याउन छाडिएको छ। त्यो विषय पनि मिल्न बाँकी छ।’

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार