पूर्वप्रधानन्यायाधीश कार्कीको मुद्दामा एमिकस क्युरी मगाउने, जोशीलाई ध्यानाकर्षणपत्र


Share This

नेपालबहस संवाददाता    

१९ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगसम्बन्धी मुद्दामा ‘एमिकस क्युरी’ (अदालतको सहयोगी) मगाउने आदेश जारी गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले आज एमिकस क्युरी झिकाउने आदेश जारी गरेको हो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता गराइएको महाअभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता सुनीलरञ्जन सिंहले रिट निवेदन दायर गरेका थिए । तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवाललाई प्रहरी महानिरीक्षकमा बढुवा विवादको विषयलाई लिएर संसद्मा महाअभियोगको मुद्दा दर्ता भएको थियो । सोहीविरुद्ध रिट निवेदन दर्ता गरिएको थियो ।

सो निवेदनमाथिको सुनुवाइमा न्यायाधीश चोलेन्द्र शम्शेर जबराले अन्तरिम आदेश जारी गरेका थिए । सोही मुद्दामा आज एमिकस क्युरी मगाउने आदेश जारी गरेको हो ।

कामु प्रधानन्यायाधीश जोशीलाई ध्यानाकर्षणपत्र
सर्वोच्च अदालत विभागीय आधिकारिक टे«ड युनियनले संवैधानिक निकायबाट हुने सरुवा बढुवालगायतका काम कारवाही निश्चित मापदण्ड बनाएर गर्न कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

टे«ड युयिनयका उपाध्यक्ष दलबहादुर बजिमय, सचिव हरि भट्टराईसहितको टोलीले आज कामु प्रधानन्यायाधीश जोशीलाई बुझाउनुभएको ध्यानाकर्षणपत्रमा पदपूर्ति, सरुवा, पदस्थापन, स्वदेश÷विदेश अध्ययन, अवलोकन भ्रमण, तालीम जस्ता काम कारवाही क्यालेन्डर तथा निश्चित मापदण्ड बनाएर गर्नुपर्ने उल्लेख छ ।

कुनै मापदण्डबिना मनोमानी ढंगले यस्ता क्रियाकलाप गर्ने परम्पराको अन्त्य गर्दै अबका दिनमा पारदर्शी एवं कानूनसम्मत बनाउन ट्रेड युनियनले माग गरेको छ ।

कामु प्रधानन्यायाधीश जोशीले मागलाई आफूले गम्भीरतापूर्वक लिएको जानकारी दिँदै आगामी दिन निश्चित मापदण्ड बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार