काँग्रेस उपसभापतिमा निधि र महामन्त्रीमा खड्का मनोनीत


Share This

नेपालबहस संवाददाता    

२१ वैशाख, काठमाडौं । नेपाली काँग्रेसको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महत मनोनीत भएका छन् ।

काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको आज बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुको नाम प्रस्ताव गरेपछि बैठकले अनुमोदन गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

मनोनयन भएका तीनै जना पदाधिकारी सभापति देउवा पक्षका हुन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उक्त निर्णयप्रति असहमति जनाएको बताइएको छ ।

काँग्रेसको विधान २०१७ को दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ ।

विधानको सोही प्रावधानअनुसार सभापति देउवाले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीलाई आज मनोनयन गरेका हुन् ।

विपीको आदर्श र सिद्धान्त बिर्संदा काँग्रेस पराजीत : नेता गुरुङ
नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले काँग्रेसले महामानव विपी कोइरालाको आदर्श र सिद्धान्तलाई बिर्संदा चुनावमा नराम्रोसँग पार्टी पराजीत भएको बताएका छन् ।

विपी विचार समाज तनहुँद्वारा आज दमौलीमा आयोजित प्रदेश नं ४ स्तरीय भेलाको उद्घाटन गर्दै नेता गुरुङले सो कुरा बताएका हुन् । “विपीको आदर्श र सिद्धान्तलाई बिर्संदा काँग्रेसको यो गति भएको हो”, गुरुङले भनेृ । काँग्रेस सधैँ सत्ताको पछाडि लागेको र विपीको सिद्धान्त बिर्सेकाले उनको विचारलाई देशभर फैलाउन तनहुँबाट अभियान थालिएको जानकारी गुरुङले दिए । सात वटै प्रदेशमा विपीको सिद्धान्तलाई फैलाइने जानकारी गुरुङले दिए ।

कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्व सहमहामन्त्री गोविन्दराज जोशी लगायतले शेरबहादुर देउवाले पार्टीभित्र मनोमानी गरेकाले चुनावमा नराम्रोसँग पराजीत भोग्नु परेको धारणा राखे ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार