अध्यक्षमा शेर्पा र महासचिवमा झा निर्वाचित


Share This

नेपालबहस संवाददाता    

२२ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरेका थिए ।

साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का निर्वाचित भए ।

सदस्यमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ निर्वाचित भए ।

साधारणसभाको आजै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

यसअघि गत चैत ११ मा तय भएको साधारणसभा उच्च अदालत, पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो ।

त्यतिबेला ‘कार्यसमितिको निर्वाचन रोक्न माग गर्दै भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले एन्फालाई विपक्षी बनाई दायर गरेको निषेधाज्ञा मुद्दामा उच्च अदालत पाटनबाट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यसमितिको निर्वाचन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेकोमा ती जिल्लाको विवाद समाधान भएकाले आज निर्वाचन सम्पन्न भएको हो ।

उता आज भएको नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको महासचिव पदमा नेपाल प्रेस यूनियनको तर्फबाट उम्मेदवारी दिएका श्रीजन झा अत्याधिक मतले विजयी भएका छन् । झा ले ३९६ मत र समावेशी तर्फका सचिव पदमा ३२६ मत ल्याई विजय भएका छन् ।

उपत्यकाबासी पत्रकारहरुवीच अत्यन्तै लोकप्रिय झा काठमाडौं शाखाको उप–सभापति भर्इृ आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । झाले उपत्यका प्रदेशको महासचिवमा उम्मेदवारी दिएपछि आम सञ्चारकर्मीहरुले झाको पक्षमा लविङ थालेका थिए । आज विहान नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार