आगामी बजेटका बारे छलफल गर्न माओवादी केन्द्रको बैठक जारी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं  २५ वैशाख ।  आगामी बजेटका प्राथमिकताबारे छलफल गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि जारी छ ।

सिंहदरबारमा केहिबेर अघि सुरु बैठकमा बजेटको प्राथमिकता र सरकारले लिनुपर्ने नीतिका सम्बन्धमा सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको नेता अग्नी सापकोटाले बताए ।

सदस्यहरुले आफ्नो धारणा राखिसकेपछि अध्यक्ष पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्ने नेता सापकोटाले बताए। यसअघि हिजोको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरु र केही सदस्यहरुले बजेट परम्परागत हुनु नहुने भन्दै यसपटकबाट क्रम भंग हुने हिसाबले अघि बढ्नुपर्ने राय राखेका थिए।

त्यस्तै अन्य केही सदस्यहरुले केन्द्रीय सांसद जनतासँग प्रत्यक्ष जोडिने हिसाबले बजेटमार्फत कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । संसदीय समितिहरुमा पार्टीको सहभागीता लगायत बिषयमा पनि संसदीय दलको बैठकमा छलफल भईरहेको नेताहरुले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State