मोदीको यस्तो आयो ट्वीट,नेपालसँगको सम्बन्ध भारतको उच्च प्राथमिकतामा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी शुक्रबार भोली नेपालको राजकीय भ्रमणमा जनकपुर हुदै काठमाडौ आउने भएका छन् । पटनाबाट सोझै जनकपुर आउने मोदी भोलि नै काठमाडौं आउने प्रधानमन्त्रि स्रोतले बताएको छ । नेपालको राजकीय भ्रमणमा रहेका मोदी शनिबार मुक्तिनाथ मन्दिर जाने समेत कार्यक्रम रहेको छ ।

नेपाल आउनु अघिल्लो दिन ट्वीट गर्दै मोदीले आफ्नो नेपाल भ्रमणले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको प्रष्ट हुने बताएका छन् । उनले लेखेका छन्, ‘द्वीपक्षीय सहयोगलाई अझ व्यापक बनाउन प्रधानमन्त्री ओलीसँग विस्तृत कुराकानी गर्नेछु ।’
मोदीको उक्त ट्वीटलाई करिब ४ हजारले लाइक गरेका छन् भने एक हजार भन्दा बढिले कमेन्ट गरेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State