भूकम्पपीडितलाई खै ट्याक्सी ?


Share This

नेपालबहस संवाददाता    

२९ जेठ, काठमाडौं । दैवी प्रकोपपीडित तथा उद्धार सघाउ संस्था नेपालले भूकम्प पीडितलाई चिट्ठा प्रणालीबाट वितरण गरिने ट्याक्सीको नम्बरका लागि तत्काल प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।

विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण धेरै नेपालीको रोजगारी तथा गाँसबासमा असर परेको अवस्थामा सरकारले तोकेबमोजिम पीडितलाई ट्याक्सी नम्बर उपलब्ध गराउन माग गरेको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संस्थाका संरक्षक दीपककुमार राउत क्षेत्रीले भूकम्पले अत्यधिक क्षति पु¥याएको १४ जिल्लाका पीडित ट्याक्सी चालकलाई ट्याक्सी दर्ता प्रक्रियाको आधारमा जिल्ला विभाजन गरी चिट्ठा खोल्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

उनले पीडितले फारम भर्नका लागि समेत अनेक कष्ट व्यहोर्नु परेको र आर्थिक व्ययभार बढेको जानकारी दिए ।

सो कार्यका लागि झन्डै एक लाख ५० हजारको आवेदन परेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार