fbpx

मोबाइल फोन सेवा : यी हुन् नेपालमा कल गुणस्तरीय नहुनुका कारण

काठमाडौं । पछिल्लो समय नेपालका प्रमुख दूरसञ्चार कम्पनीहरूले प्रदान गर्ने मोबाइल सेवाको गुणस्तर कमजोर भएको प्रतिवेदन नेपाल दूरसञ्चार प्राधिकरण सार्वजनिक गरेको छ । भक्तपुर, पोखरा, पृथ्वी राजमार्ग र बाग्लुङमा गरिएको गुणस्तर परीक्षणअनुसार अधिकांश नेपाली उपभोक्ता रहेका नेपाल टेलिकम र एनसेलजस्ता कम्पनीको सेवाको गुणस्तर कमजोर देखिएको हो। प्रतिवेदन गत हप्ता सार्वजनिक भएको हो। कल कायम हुन लाग्ने समय, कल सफलता दर र आफैँ कल काटिने दरलाई हेर्दा ती कम्पनीहरूले तोकिएका मापदण्डहरू पूरा नगरेको प्रतिवेदनमा उल्लेख छ । थप पढ्नुहोस्

सबै वडामा इन्टरनेट जडान भएपछि सेवाग्राहीलाई सहज

गङ्गराज पण्डित बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका नौ वटै वडाबाट प्रविधिमैत्री सेवा सहितको कामकाज शुरु भएको छ । सेवाग्राहीलाई प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रदान गर्नका लागि जिल्लामै पहिलोपटक बडिमालिका नगरपालिकाले प्रत्येक वडामा इन्टरनेट सुविधा जडान गरेको नगर प्रमुख पदम बडूवालले बताए । कम्प्युटरमा सफ्टवेयरको प्रयोगका लागि इन्टरनेट सुविधा आवश्यक भएको र समयानुकूल सार्वजनिक सेवा छिटोछरितो र सहज किसिमले प्रदान गर्नुपर्ने हुँदा विशेष महत्वका साथ इन्टरनेट जडान गरिएको प्रमुख बडूवालले जानकारी दिए । थप पढ्नुहोस्

टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नं : सेवाग्राही मर्कामा

डोटी । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् । डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र बिना सिरियल नम्बरका रिचार्ज भेटिएका हुन् । बजारमा बिना सिरियल नम्बर र आधामात्रै पिन नम्बरका कार्ड फेला परेको गुनासो आएपछि नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक प्रकाश चौधरीले त्यस्ता कार्ड टेलिकममा बुझाउन आग्रह गरे । थप पढ्नुहोस्

दुई दिनदेखि अवरुद्ध सञ्चार सञ्चालन

डोटी । डोटीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा दुई दिनदेखि अवरुद्ध भएको सञ्चार सम्पर्क सञ्चालन भएको छ । नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अत्तरियाले आफ्नो प्रणाली ‘अपग्रेड’ गर्न थालेपछि आइतबार बिहानदेखि सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाँङ, अछाम, बाजुरा र डोटीमा नेपाल टेलिकमको कुनै पनि सञ्चार साधनले काम गरेको थिएन । टेलिकमको अपग्रेडका कारण यहाँको ल्याण्डलाइन टेलिफोन सेवा तथा इन्टरनेट सेवा पूर्णरूपमा बन्द भएको भयो । करीब ३५ घण्टापछि सिस्टम अपग्रेड भएपछि अहिले यहाँका सम्पूर्ण सञ्चारका साधन सञ्चालन भएको टेलिकमले जनाएको छ । थप पढ्नुहोस्

चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध, हजारौँ सेवाग्राही मर्कामा

जाजरकोट । रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङले क्षति गरेपछि जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चार दिनदेखि अवरुद्ध टेलिकम सेवा समयमै मर्मत नहुँदा हजारौँ सेवाग्राही मर्कामा परेका छन् । रातामाटाको रिपिटर टावरले जाजरकोटमा सेवा प्रवाह गर्दै आएको छ । दुइ हप्ताअघि मछाइनामा रहेको टावरमा चट्याङ्ले क्षति बनाएपछि हप्ता दिन अवरुद्ध भएको जाजरकोटको टेलिफोन सेवा पूर्ण अवरुद्ध भएपछि यहाँका सेवाग्राही मर्कामा परेका हुन् । थप पढ्नुहोस्

टेलिकमद्वारा वाग्मती सरसफाइका लागि सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सवको अवसरमा वाग्मती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकोत्सवका अवसरमा सरसफाइ अभियानमा प्रयोग गर्न कम्पनीको लोगो अङ्कित १२५ थान वाटरप्रुफ ट्र्याकसुट, ४०० जोर गमबुट, १०० थान फोहर तान्ने सुइरोलगायत सामग्री उपलब्ध गराइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । टेलिकमले ५० थान दाँते, ४०० जोर बाक्लो पञ्जा, १०० थान डोको÷थुन्से, ५०० थान मास्क र ५०० थान कम्पनीको लोगो अङ्कित क्यापसमेत उपलब्ध गराएको छ । थप पढ्नुहोस्

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाद्वारा राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले राजीनामा दिएका छन् । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई राजीनामा बुझाएको झाले जानकारी गराए । झाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'बाट नै आफ्नो राजीनामा माग भएकाले नैतिकताका आधारमा राजीनामा दिएको बताए । झालाई अध्यक्ष पदबाट हटाउन नेकपाभित्रबाट सरकारलाई दबाब दिइएको थियो । थप पढ्नुहोस्

सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सिंजावासीलाई

सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सास्ती, फोन गर्न डाँडा पाखा धाउनुपर्ने बाध्यता जुम्ला । तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ । सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य दुई गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल टेलिकमले ‘टु जी’ सेवा विस्तार गरेको हो । तर हिमा र कनकासुन्दरी गाउँपालिकाका वासिन्दा भने टेलिफोन सेवाबाट बञ्चित रहेका छन् । थप पढ्नुहोस्

टेलिकमले दिनेभयो ५५ प्रतिशत नगद

काठमाडौं । नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश दिने भएको छ । नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको ऐनको दफा १८२ को उपदफा २ बमोजिम लाभांश वितरणका लागि सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । सरकारबाट स्वीकृति प्राप्त भई आएपश्चात् कम्पनीको आगामी एघारौं वार्षिक साधारणसभाबाट स्वीकृति भएबमोजिम वितरण गरिने टेलिकमले जनाएको छ । थप पढ्नुहोस्

नगरपालिका हो तर फोन गर्न दैनिक अग्लो डाँडामा जानुपर्छ

जाजरकोट । नेपाल टेलिकमले जाजरकोटको सबै ठाउँमा टेलिफोन सेवा पुगेको जिकिर गरे पनि पश्चिमी क्षेत्रको अधिकांश ठाउँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन् । गाउँमा टेलिफोन सुविधा नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । सञ्चार सुविधाको अभावमा बिरामीको उपचार, आपत्कालीन उद्धार देश विदेशमा रहेका आफन्तसँगको सम्पर्क कठिन भएको शिवालय–१ मोर्क बजारका पूर्णबहादुर महतरा बताउँछन् । अहिलेको सूचना प्रविधिको युगमा पनि जनता सञ्चार सुविधाबाट वञ्चित हुनु दुःखद् भएको उनको भनाइ छ । थप पढ्नुहोस्
1 2 3 6