बाढी पहिरोबाट २६ जनाको मृत्यु, २ जना बेपत्ता : गृहमन्त्री थापा


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । असारको मध्य भागबाट सक्रिय भएको मौसमका कारण विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी २६ जनाले मृत्यु भएको ।

बुधबारको बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्ला केही दिनको बाढी र पहिरोले पुर्‍याएको क्षतिको विवरण दिदै १५ गतेदेखि आजसम्म २६ जनाको मृत्यु भएको बताएका छन् । गृहमन्त्री थापाले बाढीमा परी २ जना बेपत्ता भएका छन् भने झण्डै दर्जन घाइते भएको जानकारी दिएका छन् ।

गृहमन्त्री थापाले दिएको जानकारीअनुसार, कैलालीमा १ , बाँकेमा ४, सिन्धुलीमा २, रोल्पामा ३, चितवनमा १ , पर्सामा २ , काठमाण्डौमा १, सर्लाहीमा २ जना, तनहुँमा २ ,उदयुरमा १, सिरहामा १, दाङ १, मकवानपुरमा २, महोत्तरी १, बर्दियामा १ , बारामा १जनाको मृत्यु भएको हो ।

उनले बाढी प्रभावित स्थानमा तत्काल राहत र उद्धारको काम सुरु गरिसकेको बताए । मौसमविद्हरुको पूर्वअनुमान अनुसार ठुलो क्षतिको संभावनालाई मध्यनजर गर्दै सरकारले जोखिम न्युनीकरणका लागि आवश्यक तयारी गरिएको बताए ।

विपद जोखिम न्यूनिकरण राष्ट्रिय परिषद्को बैठक बसिरहेको र आवश्यक पूर्वतयारी भइरहेकोले बाढी प्रभावितको राहत र उद्धारका लागि आवश्यक बजेट विनियोजन गरी जोखिमयुक्त स्थान पहिचान गरी राहत सामग्री पुर्याउने काम भइरहेको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया