fbpx

आजदेखि प्रदेश ७ मा हेलो सिएम सुरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । जनताका गुनासा सुन्ने सहज माध्यम हेलो सरकारको हेलो सिएम प्रदेश नम्बर ७ को राजधानी धनगढीमा कैलालीमा सोमबारदेखि सुरु भएको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय धनगढी कैलालीमा आजदेखि हेलो सिएम सुरु भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनकारी दिएको छ ।

हेलो सिएम सुरु भएसंगै प्रदेश नम्बर ७ का जनताले आफ्ना गुनासाहरु पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०-९१५२७२३ मा फोन गरेर टिपाउन सक्ने बताइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय धनगढी कैलालीमा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै मख्यमन्त्री त्रिलोचन भट्टले जनगुनासोलाई सरकार समक्ष ल्याएर जनतालाई सुशासनको अनुभुति गराउन कार्यक्रम कार्यान्वयनमा ल्याएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार