fbpx

नेविसंघको निशानामा बालुवाटारमा विरोध प्रदर्शन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । डा.केसीका माग सम्बोधन गर्न  साथै कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङलाई बर्खास्त गर्न माग गरेको छ । दबाब दिदै कांग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार बिहान बालुवाटारमा विरोध प्रदर्शन गरेको छ ।

Image may contain: 7 people, people standingयसअघि माइतीघर मण्डला लगायतका ठाउँमा प्रदर्शन गर्दै आएको नेविसंघले निर्णायक दबाबका लागि बालुवाटारको प्रधानमन्त्रीनिवास अगाडी प्रदर्शन गरेको हो ।
Image may contain: 15 people, outdoor
डा.केसी अनसन बसेको २५ दिन पुग्दा पनि सरकारले माग सम्बोधनमा कुनै पहल नगरेको भन्दै नेविसंघले कडा विरोध प्रदर्शन गर्ने बताएको छ ।
Image may contain: 13 people, people standing and crowdयसअघि नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा कांग्रेसकै तरुण दललाई प्रहरीले बल प्रयोग गरेपछि नेविसंघ थप आन्दोलित बनेको हो । कांग्रेस सभापति शेर बहादुर देउवाले डा।केसीका माग सम्बोधन नभएसम्म आन्दोलन चर्काउन पार्टी कार्यकर्तालाई समेत निर्देशन दिएका छन ।
Image may contain: 12 people, people smiling, people standingकेपी ओली नेतृत्वको सरकार गठन भएयता नेविसंघले लगातार विरोध प्रदर्शन गर्दै आएको छ । यस अघि मण्डला, बानेश्वर हुँदै नेविसंघले विभिन्न ठाँउमा विरोध प्रदर्शन गरेको थियो । नेविसंघका महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा धर्ना कार्यक्रममा आयोजना भएको हो ।
Image may contain: 18 people, people standing and crowd
तपाईको प्रतिक्रिया