fbpx

साउन १६ गतेदेखि बिराटनगरस्थित भारतीय क्याम्प बन्द


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बिराटनगरस्थित भारतीय क्याम्प साउन १६ गतेदेखि बन्द हुने भएको छ । मंगलबार एक बिज्ञप्ति जारी गरी भारतीय दूतावासले अर्को सातादेखि उक्त कार्यालयबाट दिइदै आएको सबै सेवा बन्द गर्ने जनाएको छ ।

भारतीय दुतावासको बिज्ञप्ति अनुसार बिराटनगरस्थित क्याम्पबाट दिइदै आएको सबै सेवाहरु आउदो साउन १६ ९अगष्ट १० गतेदेखि बन्द गरिने छ ।

त्यसमा सवारी साधनको अनुमति पत्र, भारतीय नागरिकलाई दिइने दर्ता प्रमाणपत्र र जन्म तथा मृत्यु दर्ता सेवालगायत रहेका छन् ।क्याम्पमा बन्द गरिएका जुनसुकै सेवाका लागि काठमाडौंस्थित भारतीय दुतावासमा सम्पर्क गर्न भनिएको छ ।

सन् २००८ को कोशी बाढीपछि विराटनगरमा साइट अफिसको रुपमा भारतीय क्याम्प स्थापना गरिएको थियो ।

तपाईको प्रतिक्रिया