fbpx

यस बर्षको मनसुन सकियो, चिसो बढ्यो !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । चिसो बढ्दै जाँदा यस बर्षको मनसुन सकिएको छ । गएको जेठ २५ गते २ दिन छिटो सुरु भएको मनसुन १२ दिन ढिलो गरी सकिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

जुन १० तारिखमा सुरु हुने मनसुन सेप्टेम्बर २३ तारिखमा सकिन्छ । तर केहि वर्षयता ढिलो गरी नेपाल प्रवेश गर्ने मनसुन ढिलो गरि सकिएको हो

मनसुन सकिदै जाँदा चिसो भने बढ्दै गएको छ । बिहान र बेलुकी अहिले काठमाडौँ उपत्यकामा चिसो बढेको छ । गएको वर्ष दुई दिन ढिला गरी १२ जुनमा सुरु भएको मनसुन १६ अक्टोबरमा सकिएको थियो ।

यो वर्ष मनसुनमा देशभरि नै औसतमा पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया