साउनलाइन्स म्यानपावरको ठगीले साउदी अरबमा सत्र युवा अलपत्र


Share This

नेपालबहस संवाददाता    

७ असार, काठमाडौं । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावर, उदयपुर शाखाबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका थिए । सो म्यानपावरको ठगीमा परेर अहिले साउदी अरबमा ती युवा अलपत्र भएका छन् ।

काठमाडौं, सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट त्यहाँका मेनपावर सञ्चालक नेत्र लिम्बू र रेश्मा लिम्बूमार्फत तीन साता अघि साउदीमा पुगेका १७ जना युवा अहिले बिचल्लीमा परेको एक पीडित युवाका दाजु होमराज राईले जानकारी दिएका छन् ।

साउदीमा बिचल्ली हुनेहरुमा उदयपुरका गोविन्द खड्का, होमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्र बस्नेत, तेजबहादुर कटुवाल, वसन्त राई, दुर्गानारायण श्रेष्ठ, तेजबहादुर कटुवाल, उमेश खड्का, युवराज कार्की, सोभित राई, तोपबहादुर मगर, मोहन राई, मनोज राई, मातृका घिमिरे सहितका युवा रहेका पीडितका आफन्तले बताए ।

प्रतिव्यक्ति रु एक लाखका दरले रकम लिएर युवालाई गाईघाटका म्यानपावर सञ्चालक लिम्बू दम्पतीले काठमाडौंको मुख्य म्यानपावर साउनलाइन्स मार्फत साउदी पठाएपनि साउदी पुगेका युवाले सम्झौताअनुसार काम नपाएको र अहिले बिजोग अवस्थामा होटलमा बस्नु परिरहेको राजन कार्कीका दाजु सरोज कार्कीले जानकारी दिए ।

म्यानपावर सञ्चालक लिम्बूद्वय भने सम्पर्कविहीन अवस्थामा रहेको पनि पीडितका आफन्तहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार