कोरियन भाषा परीक्षा, नतिजा असार १६ मा


Share This


नेपालबहस संवाददाता    96 Views

काठमाडौं । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जनाले सहभागी भएका छन् । ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८ जना परक्षमा अनुपस्थित रहे ।

कुल ८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन भरेका थिए । यो वर्ष नक्कली परीक्षा दिने र दिन लगाउने २४७ जना विभिन्न परीक्षा केन्द्रहरुबाट पक्राउ परेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताए । ‘शान्तिपूर्ण रुपमा परीक्षा सकिएको छ । कुनै प्राविधिक समस्या आएनन्,’ भण्डारीले भने ।

यो वर्ष काठमाडौं र पोखरामा परीक्षा सञ्चालन भएको थियो । शनिबार र आइतबार भएको परीक्षाको नतिजा आगामी आसार १६ गते प्रकाशित हुनेछ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा आउन धेरै समय लाग्दैन । यो वर्ष कोरियाले ७ हाजर १ सय नेपाली कामदार लैजाने गरी कोटा निर्धारण गरेको छ ।

तपाईको प्रतिक्रिया