fbpx

नेपाल-कोरिया परामर्श संयन्त्रको चौथो बैठक सम्पन्न


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल र कोरियाबिच रोजगारी अनुमति प्रणाली अन्तर्गत नेपाल–कोरिया परामर्श संयन्त्रको चौथो बैठक सम्पन्न भएको छ । छलफलमा नेपाली श्रमिकलाई थप अवसर दिनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–कोरिया परामर्श संयन्त्रको चौथो बैठकमा कोरियामा कार्यरत नेपाली कामदारको हकहित तथा सुरक्षाका साथै पारस्परिक चासोका विविध विषयमा विमर्श भएको बताइएको छ ।

कोरियाली विदेश मन्त्रालयमा आज भएको बैठकमा नेपाल–कोरिया सम्बन्धका समग्र पक्षको समीक्षा गरिएको थियो । बैठकमा नेपाली पक्षको प्रतिनिधित्व परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल र कोरियाको नेतृत्व त्यहाँको विदेश मन्त्रालयमा दक्षिण एसिया तथा प्रशान्त विभागका महानिर्देशक किम युन योङले गरेका थिए ।

नेपाल र गणतन्त्र कोरियाबिच सन् २००१ मा परामर्श संयन्त्र गठन भएको थियोे ।

तपाईको प्रतिक्रिया