बैशाखदेखि स्वास्थ्यकर्मी तलबविहिन, ३६ डाक्टरहरु धर्नामा !


Share This


नेपालबहस संवाददाता    39 Views

महोत्तरी । तलब र भत्ताको माग गर्दै सम्सी गाँउपालिकाका स्वास्थ्यकर्मीहरु धर्नामा बसेका छन् । गएको वैशाख महिनादेखि तलब नपाएको भन्दै गाँउपालिकामा कार्यरत ३६ जना चिकित्सकहरु धर्नामा बसेका हुन् ।

विभिन्न समयमा गाँउपालिकाको कार्यालयमा यससम्बन्धमा जानकारी गराइएको तर विभिन्न वहाना गर्दै स्वास्थ्यकर्मीको माग सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्वास्थ्यकर्मी राघवेन्द्रप्रसाद यादवले बताए ।

पछिल्लो समयमा गाँउपालिकासँग वार्ता गर्न जाँदा १५ दिनको म्याद दिएर आफूहरुलाई अन्यौलमा पारेको र पछि लेखा अधिकृत नभएको भन्दै वहाना देखाएर गाँउपालिकाको कार्यालयले माग सुनावाई नगरेको चिकित्सक यादवले जानकारी दिए ।

स्वास्थ्यकर्मीको माग सुनवाईको सम्बन्धमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसपछि गाँउपालिकाको कार्यालयमा तालाबन्दीसमेत गरिने यादवले जानकारी दिए ।

५ वटा स्वास्थ्य संस्था रहेको सम्सी गाँउपालिकामा ३६ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् ।

तपाईको प्रतिक्रिया