३० हजार कर्मचारीको विवरण अद्यावधिक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । कर्मचारी समायोजनका लागि करिब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् ।कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी गराए । उनका अनुसार वर्षेनी विवरण अद्यावधिक नगर्नेले पनि अहिले समायोजनमा जाने भएपछि अद्यावधिक गरिरहेका छन् ।

कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा भन्दा एक तह तल रहेको पदको नियुक्ति मिति अद्यावधिक गराइरहेका छन् । अहिले दैनिक हजार कर्मचारी आफै आएर विवरण अद्यावधिक गराउने गरेका छन् । उनीहरुले आफै आएर वा अनलाइनबाट विवरण अद्यावधिक गराइरहेका छन् । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ ल्याएर यही पुसभित्र कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दैछन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले अहिलेसम्म २० हजार ५०० कर्मचारीले समायोजन रोजिसकेको बताउनुभयो । यस्तै ३८ हजार कर्मचारीले अनलाइनमा गएर फारम भरिसकेका र अभिलेखीकरण गर्न बाँकी रहेका छन् । समायोजनका लागि अनलाइन फारम भरिसकेपछि मन्त्रालयले योग्यताको आधारमा समायोजनको नतिजा निकालेर तीनै तहमा कर्मचारी पठाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार