fbpx

सरकारले मलेसियाबाट ‘कलिङ भिसा’ आएका कामदारको विवरण माग्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सरकारले म्यानपावर कम्पनीमार्फत मलेसिया लागि कलिङ भिसा प्राप्त सबै नेपाली कामदारको विस्तृत विवरण माग गरेको छ । वैदेशिक रोजगार विभागले आठ महिना पहिलेनै कलिङ भिसा आएर पनि जान नपाएका कामदारको विवरण मागेको हो । मलेसियासँग श्रम समझदारी भएर पनि रोजगारीमा जाने बाटो खुल्ला नगरिएको भन्दै कामदार र म्यानपावर व्यवसायीले खुल्ला गरिदिन सरकारलाई आग्रह गर्दै आएका थिए।

कामदार पठाउने नयाँ प्रक्रिया तय नहुँदासम्म नपठाउने अडानमा सरकार रहेको छ। अहिले पनि कसरी पठाउने भन्ने विषय अन्योलमै छ । तर म्यानपावर व्यवसायीले जान बाँकी कामदारको विवरण बुझाएपछि त्यसैमा आधारित भएर पठाउने प्रक्रियाको विषयमा छलफल गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

विभागले आज सुचना जारी गर्दै कलिङ भिसाा प्राप्त कामदारको नाम, ठेगाना, जान लागेको कम्पनी, भिसा आएको मिति र म्यादसहित बुझाउन म्यानपावर कम्पनीलाई भनेको छ। म्यानपावर कम्पनीलाई विवरण १५ दिनभित्रमा बुझाउन भनिएको छ। नेपाल र मलेसियाबीच गत कात्तिक १२ गते श्रम समझदारी भएको छ । अब नेपाली कामदार मलेसिया जाँदा शूनय लागतमा जाने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार