मुल्य वृद्धिका विरुद्ध ८ विद्याथी संगठनको विरोध ‘तस्विर ‘


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । पेट्रोलियम पदार्थको चर्को मुल्य बृद्धिका विरुद्ध आठ विद्यार्थी संगठनले उल्टो पलयात्रा गरी विरोध जनाएका छन् । उनीहरुले बामपन्थी सरकारले मूल्य बृद्धिको निर्णय फिर्ता नलिए आमहडताल सहितको सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

अनेरास्ववीयूका अध्यक्ष किशोर विक्रम मल्लले बढेको मूल्य पुरै फिर्ता नभएसम्म विद्यार्थीहरुको आन्दोलन फिर्ता नहुने स्पष्ट पार्दै आन्दोलन दवाउन खोजे त्यसको चर्को मूल्य सरकारले चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

अनेरास्ववीयू क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले सरकारले पुरै मुल्यबृद्धि फिर्ता नगरे आफूहरु आमहडताल सम्मको कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिदै मुल्य बृद्धि गर्नुको साटो आयल निगमलाई दिएको ऋणलाई अनुदानमा रुपान्तरण गरेर निगमभित्रको अनियमितता सुधार गर्न तर्फ ध्यान दिनु पर्ने धारणा राखे।

नेकपा–माओवादी निकट अनेरास्ववीयू क्रान्तिकारीका अध्यक्ष सरद रसाईलीले केही रकम घटाएर विद्यार्थीहरुलाई फकाउने प्रयास नगर्न चेतावनी दिदै पुरै मुल्य बृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन् ।

समाजवादी विद्यार्थी संगठनका महासचिव दिपक महतोले मुल्य बृद्धि गर्नुको साटो चुहावट नियन्त्रण र निगमको ब्यवस्थापनमा सुधार गर्न तर्फ ध्यान दिनु पर्ने आवश्यकता औल्याएका छन् ।

पेट्रोलको मुल्य वृद्धि फिर्ता गर्नु पर्ने माग राख्दै उल्टो पदयात्रा गरेका छन् । संंगठनहरुले सोमबार रत्न राज्य क्याम्पसबाट विरोधको कार्यक्रम सुरु गरि भद्रकाली शहिदगेट हुदै पुन रत्न राज्यमा आएर कोणसभा गरी समपन्न गरिएको नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State