मेयर सरावगीद्वारा २० दलित छात्राको अभिभावकत्व ग्रहण


Share This


नेपालबहस संवाददाता    112 Views

वीरगंज । वीरगन्ज महानगपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले प्रर्सौनी बिर्ताका २० दलित छात्राहरुको सम्पुर्ण अध्यन अध्यापन खर्च आफुले बेहोर्ने बताए ।

सनराईज सामुदायिक अध्यन केन्द्र प्रसौनी बिर्ताले सोमबार श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालय वीरगंज २३ प्रसौनीमा आयोजना गरेको स्कुल व्याग बितरण कार्यक्रममा २० जना दलित छात्राहरुको अभिभावकत्व ग्रहण उनले बताए ।

सनराईज अध्ययन केन्द्रका अध्यक्ष फजिल अहम्दको अध्यक्षता एवं वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उक्त विद्यालयमा अध्यनरत सम्पुर्ण विद्यार्थीहरु स्कुल व्याग बितरण गरिएको थियो ।

कार्यक्रमका उनले महानगरपालिकाले छिटै नै महिलाहरुको लागि विभिन्न शिपमुलक तालिमको व्यवस्था गर्ने बताउनुभयो ।नगर प्रमुख सरावगीले छोराछोरीमा भेदभावन नगर्न अभिवाकलाई आग्रह गरे ।

वितरण कार्यक्रममा मेयर सरावगीले बिद्यालयमा अध्ययनरत २० जना दलित छात्राहरुको सम्पुर्ण खर्च वीरगंज महानगरपालिका व्यवहोर्ने घोषणा गरेका हुन् । यसैगरी वडा अध्यक्ष अवधकिसोर कुशवाहाले तिनवटा बिद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरलाई जुता र शैक्षिक समाग्रीबितरण गरेका छन् ।

त्यसैगरी जिल्ला शिक्षा समन्वय ईकाई समितीका मन्जुर आलमले अध्ययन केन्द्रलाई एक थान कम्प्युटर उपलब्ध गराउने बताए। कार्यक्रममा एक लाख १४ हजार पाँच सयको लागतमा ३६० वटा व्याग बितरण गरिएको तथा एक लाख पाँच हजारको लागतमा बिद्यालयमा चर्पी र धारा जडान गरिएको अध्ययन केन्द्रकी सविच रेखा दासले बताइन् ।

उनले अध्ययन केन्द्रले वडामा चारवटा समुह संचालन गरी बिभिन्न कार्यहरु गर्दै आएको समेत बताए। यसैबिच बिद्यायलाई प्रौढ शिक्षा कार्यक्रम २०७४ का स्वयंसेवकहरुले दुई थान पंखा ,सुर्या ड्राईभिङ्गले एक थान पंखा र मुर्लीका सीताराम कुशवाहाले दुई थान पंखा लगायत कार्यक्रममा विभिन्न स्तरका व्यक्तिले विभिन्न सामाग्री वितरण गरेका छन् ।

तपाईको प्रतिक्रिया