बिकास योजनाहरुको स्थलगत निरिक्षण ‘तस्विर’


Share This

नेपालबहस संवाददाता    

वीरगन्ज । चालु आर्थिक बर्षको अन्तिम महिना असाढ आउन लाग्दा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालले सेवाप्रदायक कर्मचारीहरुको काम कारवाही चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन् ।

उनीले महानगरपालिकाको कार्यभार सम्हालेयता करिब २ हप्तामा भएको प्रशासकीय कार्यसम्पादनमा सुधारको अनुभुति वडास्तरसम्म गराउन महानगरपालिका कार्यालयका चार वटा वडामा छड्के अनुगमन गरेका छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भुषालले वडा नम्बर २८, ३०, ३१ र ३२ मा उनले अनुगमन गरेका हुन् । यस क्रममा वडामा खटेका कर्मचारीहरुलाई बिभिन्न निर्देशन दिदै आर्थिक प्रशासनमा सुशासन कायम गरिराख्न निर्देशन दिए ।

चालु आर्थिक बर्षमा कार्यन्यवन भइरहेको बिकास योजनाहरुको स्थलगत निरिक्षण गर्दै प्रमुख प्रशासकीय अधिकृत भुषालले कानूनी बिधि–प्रक्रियाको पलना गर्न र कामको गुणस्तरमा सम्झौता नगर्न निर्देशन दिए ।

सम्बन्धीत वडाका निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गर्दै योजनामा निगरानी गर्न र गुणस्तरीयढता कायम गराउन भुमिकाका लागि आग्रह गरे ।

प्रमुख प्रशासकीय अधिकृत भुषालसंग कार्यालयका अधिकृतहरु आर्थिक प्रशासन महाशाखाका प्रमुख हरिकिशोर चौरसिया, आन्तरिक लेखा परिक्षक हरिशंकर प्रसाद कुर्मी, योजना महाशाखाका अधिकृत देवेन्द्र चौधरी र प्रसाशन शाखाका कर्मचारी राजेश गिरी सहभागि भएका थिए।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालको अनुगमनले वडाका कर्मचारीहरुको कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्ने भनी निर्वाचित जनप्रतिनिधिहरुले प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State