दिल्लीका सरकारी स्कूलहरू पढाइमा उत्कृष्ट


Share This

नेपालबहस संवाददाता    

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीका सरकारी स्कुलहरु पढाइमा उत्कृष्ट भएको भारतीय संचार माध्यमलेहरुले जनाएका छन् । भारत सरकारका अनुसार दिल्लीका सरकारी स्कूलहरूमा निजी स्कुल जस्तै पढाइ हुने हुँदा निजी स्कुलमा भन्दा सरकारी स्कुलमा विद्यार्थीहरुको आर्कषण बढ्दै गएको छ ।

पढ़ाई में हिट हैं दिल्ली के सरकारी स्कूल, ऐसे पढ़ते हैं बच्चे

अझै विद्यालयको पठनपाठनलाई थप बलियो बनाउन भारत सरकारले एक हजार भन्दा बढी सरकारी विद्यालयहरूका शिक्षकहरुलाई नयां सिद्धान्तको प्रशिक्षणका लागि सिंगापुर र फिनल्याण्ड पठाएको छ ।

पढ़ाई में हिट हैं दिल्ली के सरकारी स्कूल, ऐसे पढ़ते हैं बच्चे

अहिले धेरै सरकारी स्कूलको वरिपरी रहेको पर्खाल बलियो गराइएको छ । निजी ूकुलको भन्दा सरकारी स्कुलको आधारभूत ढाँचा केही भन्दा कम छैन। त्यहाँ उनीहरूको पाठ्यक्रममा परिवर्तन भएको छ। ४० शिक्षकहरू र दिल्ली सरकारका विद्यालयमा शिक्षाविद्हरूको टोलीले समयसमयमा अनुगमन गरिरहेको छ । यो सरकारी स्कुलको अभियानले अभिभावक समेत खुशी भएका छन् ।

पढ़ाई में हिट हैं दिल्ली के सरकारी स्कूल, ऐसे पढ़ते हैं बच्चे
स्कुलमा पाठ्यक्रम संगै अतिरिक्त क्रियाकलाप हुने गरेका छन् । विद्यार्थीलाई पढाइमा कुनै वोध नहोस भनेर स्कुलले तह अनुसार अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको छ ।
पढ़ाई में हिट हैं दिल्ली के सरकारी स्कूल, ऐसे पढ़ते हैं बच्चे
पुरानो शिक्षण विधिहरूको लागि अहिलेसम्म सरकारी विद्यालयहरू दोषी छन्। तथापि नयाँ प्रशिक्षणले शिक्षकहरूको शिक्षण पद्धतिमा बिकास भएको छ र उनीहरूलाई ज्ञान विज्ञानको क्षेत्रमा अनुसन्धान अध्ययन गर्न आकर्षित भएका छन् ।
पढ़ाई में हिट हैं दिल्ली के सरकारी स्कूल, ऐसे पढ़ते हैं बच्चे

दिल्लीका एक रिक्शा चालक भन्छन्, म भाग्यमानी रहेछु जहाँ मेरो छोरा पढीरहेको छ । पहिला मैले सरकारी स्कुलमा पढाइ राम्रो हुन्न् भनेर निजी स्कुलमा भर्ना गर्ने सोचेको थिए । तर मेरो छोराले नमाने पछि सरकारी स्कुलमै भर्ना गरे अहिले छोराको पढाइ कुनै निजी स्कुलमा पढेको बालक भन्दा कम छैन । अहिले मेरो छोरा कक्षा ६ मा पढ्दै छ ।

पढ़ाई में हिट हैं दिल्ली के सरकारी स्कूल, ऐसे पढ़ते हैं बच्चे

रिक्सा चालकले आईएसएसलाई भने, मैले मेरो छोराबाट थाहा पाए, नयां सिकाइको प्रशिक्षणका लागि शिक्षकहरु विदेश जाँदै छन् भनेर। म खुशी भए यसले शिक्षाको गुणस्तर सुधार गर्नेछ।

यसैबिच दिल्लीका शिक्षा मन्त्री मनिष सिसोडियाले पनि सधैं शिक्षा प्रणालीमा सुधारको आवश्यकता रहेकाले शिक्षामा नयां नयां प्रविधि भित्राउन आवश्यक रहेको बताएका छन् ।

पढ़ाई में हिट हैं दिल्ली के सरकारी स्कूल, ऐसे पढ़ते हैं बच्चे
 शिक्षाका लागि बजेट भाषणमा नै उनले भनेका थिए शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्चको लागत छैन, तर भविष्यका बालबालिको शिक्षामा सुधार गर्न आवश्यक रहेको छ ।
पढ़ाई में हिट हैं दिल्ली के सरकारी स्कूल, ऐसे पढ़ते हैं बच्चे

गत वर्ष अगस्टमा मनि गुलाती एक जना शिक्षक सिंगापुर गएका थिए र अहिले सो तालिम सिकेर आएपछि उनले राम्रोसंग बालबालिकाहरुलाई उत्साहित गरेर पढाइमा उत्पेरित गर्न सक्छन् ।

भारत सरकारले शिक्षामा गरेका यस्ता उत्कृष्ट कामले सरकारी स्कुलका आम शिक्षकहरुमा आत्मविश्वास बढेको छ । उनीहरु पनि अहिले निजी स्कुलका शिक्षक भन्द कम छैनन् । आजतक

तपाईको प्रतिक्रिया