निकारागुआमा सरकारविरोधी प्रदर्शन हिंस्रक, १५ को मृत्यु


Share This


नेपालबहस संवाददाता    99 Views

काठमाडौं । मध्यअमेरिकी देश निकारागुआमा राष्ट्रपति ड्यानिएल ओर्टेगाविरुद्ध विगत एक महिनादेखि चलिरहेको आन्दोलनमा बुधवार भएको हिंसामा १५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

निकारागुआ प्रहरीले यसको जानकारी दिएको हो । क्याथोसलक बिशपहरूको एपिस्कोपल संगठनले हिंसाको निन्दा गर्दै संगठित र सुनियोजित आक्रामकता संज्ञा दिएको छ ।

संगठनले सरकारसँग बिहीवार निर्धारित वार्ता स्थगित गरेको छ । प्रहरीका अनुसार, निकारागुआमा बुधवार मदर्स डेको अवसरमा सरकारसमर्थित सशस्त्र समूहले –याली निकालिरहेका प्रदर्शनकारीमाथि गोली चलाए जसमा १५ जनाको मृत्यु भयो अनि २०० भन्दा बढी घाइते भए ।

उक्त –याली एक महिनादेखि विरोध प्रदर्शनमा मारिएका बच्चाहरूको यादमा आयोजित गरिएको थियो । एजेन्सी

तपाईको प्रतिक्रिया