चीनमा फलाम खानीमा विष्फोट, ११ श्रमिकको मृत्यु


Share This

नेपालबहस संवाददाता    

बेइजिङ । चीनको उत्तरपूर्वी प्रान्त लियाओनिङमा रहेको एउटा फलाम खानी विष्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी श्रमिक खानीभित्र फसेको आशङ्का गरिएको छ ।

राज्य सञ्चालित चिनियाँ टेलिभिजन सिसीटीभीका अनुसार खानी सञ्चालनमा रहेका समय भएको उक्त दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । मृत्यु हुनेमा अधिकांश खानीमा नियमित काम गर्ने श्रमिक नै परेको बताइएको छ । फसेका श्रमिकको उद्धारका लागि सुरक्षाकर्मी घटनास्थल पुगेको बताइएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया
Road Show Real State