खोस्त प्रान्तको मस्जिदमा गोली चल्यो, चार जनाको मृत्यु


Share This


नेपालबहस संवाददाता    77 Views

अफिगानिस्तान । अफगानिस्तानको पूर्वीप्रान्त खोस्तमा अवस्थित एक मस्जिदमा प्रार्थनाका लागि बसेका भक्तजनमाथि बन्दुकधारीले गरेका गोली प्रहार गर्दा कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ ।

यस गोली काण्डमा चार सर्वसधारणको मृत्यु हुनुको साथै अन्य पाँच जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले बताए । खोस्त प्रान्तको मनदोजायी जिल्लाको लालमायी इलाकाको कमाल खिल मस्जिदमा बुधबार साँझ आतङ्ककारी समूहले गोली प्रहार गरेका थिए ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा पनि लिएको छैन । तर यस आक्रमणमा तालिबानकै हात रहेको अनुमान प्रहरीले गरेको छ ।

अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१७ मा तीन हजार ४३० सर्वसाधारणले ज्यान गुमाएका छन् भने सात हजारभन्दा बढी घाइते भएका संयुक्त राष्ट्रसंघीय मिसनले प्रकाशित गरेको एक प्रतिवेदनमा जानकारी दिइएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया