राष्ट्रपति ट्रम्प क्यानाडाबाटै सिङ्गापुर जाने


Share This

नेपालबहस संवाददाता    

वासिङटन । अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जाने ह्वाइट हाउसले जानकारी दिएको छ ।क्यानाडामा हुन गइरहेको जि७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लाग्नुभएका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लागेका हुन् ।

उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्को हप्ताको मङ्गलबार हुने शिखर वार्ताको लागि उहाँ क्यानाडाबाट सिधै सिङ्गापुरतर्फ जान लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।ह्वाइट हाउसका प्रवक्ता सरह सनडेर्सका अनुसार क्यानाडामा हुने जि७ को सम्मेलनको लागि शनिबार मध्याह्न अगावै राष्ट्रपति ट्रम्प त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी गराइएको छ । क्यानाडाको क्युबिकमा आइतबार जि७ को बैठकमा उनी सहभागी हुनु भएका छन् ।ट्रम्प र किमबीच सिङ्गापुरको सान्तोसा द्वीपमा अवस्थित कापेल्ला होटेलमा स्थानीय समयानुसार मङ्गलबार बिहान ९ बजे भेटवार्ता हुने समय तालिका दिइएको छ ।

सिङ्गपुरमा कति दिनको लागि बस्ने भन्ने बारेमा भने सो विज्ञिप्तमा केही खुलाइएको छैन ।उनले सम्वाददाताहरुसँग भने – एक दुई वा तीन जति दिन पनि हुनसक्छ तर त्यो त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ ।उक्त वार्ताको तयारी पूरा भएको संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले जानकारी दिएका छन् । ती देशका अधिकारीहरुले सो वार्ताका लागि आफूहरुले अन्तिम तयार गरेको जनाएका हुन् ।

यसैबीच संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री सिन्जो आबेले बिहीबार मात्र अमेरिकाको भ्रमण गरेका छन् ।उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रका रुपमा रहेको जापानका प्रधानमन्त्री आबेले अमेरिकाको भ्रमण गरी राष्ट्रपति ट्रम्पसँग सोही वार्ताकै विषयमा आवश्यक छलफल भउको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आजको तीन दिनपछि अर्थात् जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता हुन लागेको छ ।अहिले पनि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच समय समयमा द्विपक्षीय भेटवार्ताहरु जारी नै रहेका छन् । त्यसैगरी अमेरिकी राष्ट्रपटि ट्रम्पले पनि विभिन्न देशका सरकार प्रमुखहरुसँग फोनवार्ता गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जापानसँग महिना दिन यता यो दोस्रो पटक उक्त वार्ताको बारेमा जापानी प्रधानमन्त्रीसँग कुराकानी गरेका हुन् ।यस वार्तालाई उत्तर र दक्षिण कोरिया र अमेरिकामात्र नभएर विश्वले नै बडो चासोपूर्णरुपमा हेरेको छ । यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकोले पनि यसरी हेरिएको हो ।

उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो अनेकौँ ट्वीटहरुमा यस वार्तालाई एक अभूतपूर्व बैठक भएको सामाजिक सञ्जाल मार्फत बताएका छन् ।अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता यसरी यी दुई देशको इतिहासमा नै पहिलो पटक वार्तामा बस्न लागेका हुन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले यस शिखर वार्ता अघि नै चीनका राष्ट्रपतिलाई दुई महिनायता दुई पटक सम्म भेट गर्नुभएको छ । त्यस्तै राष्ट्रपत ट्रम्पले पनि समय समयमा दक्षिण कोरियाली राष्ट्रपतिसँग पनि फोन वा भेटवार्ता गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State