सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता


Share This


नेपालबहस संवाददाता    363 Views

सिङ्गापुर । सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार नै सिङ्गपुर पुगेका हुन् । मंगलबार बिहान उनीहरुबीच बहुप्रतिक्षित शिखर वार्ता हुन लागेको छ । सो भेटवार्ता यहाँको स्थानीय समयानुसार बिहान ९ बजे हुने कार्यक्रम रहेको छ ।

विश्वकै लागि सर्वाधिक चासोका रुपमा रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार नै यी दुबै नेता सिङ्गापुर पुग्नुभएको समाचारमा जनाइएको छ ।

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीचको सोमबार भएको यस वार्तामा पनि मंगलबार शुरु हुन लागेको उक्त शिखर वार्ताकै बारेमा कुराकानी भएको बताइएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया