विश्वकै लागि उत्कृष्ट दिन : ट्रम्प र किमबीच सिंगापुरमा भेट


Share This


नेपालबहस संवाददाता    153 Views

काठमाडौं । विश्वले नै पर्खिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक वार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान विश्वकै दुई खतरानाक नेताबीच भेटवार्ता भएको हो ।

वार्तामा दुई नेताबीच झण्डै एक घण्टाजति छलफल भएको थियो । वार्ताले अब दुइ कोरियाली द्धन्द्ध मात्रै समाप्त भएन । उत्तर कोरिया विश्व राजनीतिमा पनि उपस्थित भएको छ । र उसले अब सबै परमाणविक हतियार उत्पादनको काम अन्त्य गर्ने पनि घोषणा गरेको छ । उत्तर कोरियाली नेता किमले भनेजस्तै सिंगापुरमा वार्ता गर्न पक्क सजिलो थिएन ।

तर विश्वकै आफ्नो पुस्ताका सन्काहा नेताबीच वार्ता सफल भएको छ । र दुई नेताबीच कुनै पनि उच्छृंखल काम नगर्ने सहमति भएको छ । साथै अमेरिकाले उत्तर कोरियामाथि लगाएका सबै प्रतिबन्ध हटाउने घोषणा पनि गरेको छ ।

तपाईको प्रतिक्रिया