रमजान : काबुलमा आक्रमण १२ को मृत्यु ३१ घाइते


Share This


नेपालबहस संवाददाता    88 Views

काबुल । अफगानिस्तानको काबुलमा भएको एउटा आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । आत्मघाती सो आक्रमणमा परी अरु कम्तीमा ३१ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

कार्यालयको काम सकेर रमजान मनाउन घर तर्फ जानका लागि बसको प्रतिक्षामा रहेकाहरूमाथी बम आक्रमण भएको बताइएको छ । अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट ९आईएस०ले लिएको छ ।

ग्रामिण पुनर्उद्धार तथा विकास मन्त्रालयको मुल प्रवेशद्वारमै विस्फोटनको घटना भएको प्रहरी र स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । घर जानका लागि बस कुरिरहेका कर्मचारीहरुको भिड भएको ठाँउमा आत्मघाती आक्रमणकारी घुसपैठ गरेर बम विस्फोटन गराएको ग्रामिण मन्त्रालयका प्रवक्ता फारिडुम अजहान्डले बताए ।

स्थानीय समयअनुसार दिउसो एक बजेतिर आक्रमण भएको र कार्यालयका कर्मचारीहरूलाई नै लक्षित गरेर आत्मघाती आक्रमण गराइएको प्रहरीका प्रवक्ता हस्मात स्टानिक्जाइले बताए । एजेन्सी

तपाईको प्रतिक्रिया