अक्सफामलाई हाइटीमा प्रतिबन्ध


Share This


नेपालबहस संवाददाता    53 Views

हाइटी । हाइटीमा सन् २०१० मा गएको भूकम्पको पुनर्स्थापना पनामा खटिएका कर्मचारी यौन दुर्व्यवहारमा संलग्न रहेको आरोप खेपिरहेको सहायत संस्था अक्सफामलाई प्रतिबन्ध लगाइएको छ ।

हाइटीले उक्त संस्थाले आफ्नो देशको कानुन मिचेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो । हाइटीले भनेको छ, ‘अक्सफामले आफ्नो देशको कानुन मिचेको छ र मानिसको आत्मसम्मानमाथि गम्भीर रूपमा प्रहार गरेको छ ।’

अक्सफामले एक विज्ञप्ति जारी गर्दै हाइटीका नागरिकसँग माफी मागेको छ र केही पूर्वकर्मचारीका व्यवहार अस्वीकार्य भएको दोहोर्‍याएको छ । गतवर्ष यौन दुव्र्यवहारका आरोपहरू सार्वजनिक भएपछि बेलायतमा अक्सफाममाथिको निगरानी थप कडा पारिएको छ ।

हाइटी सरकारले गत फेब्रुअरीमा अक्सफामविरुद्ध अस्थायी प्रतिबन्ध लगाएको थियो । पछिल्लो निर्णयलाई अक्सफामले आफूले बुझेको र केही कर्मचारीको काम पूर्ण रूपमा अस्वीकार्य रहेको जनाएको छ ।

अक्सफामले आफ्ना इटली, स्पेन र कुवेतमा रहेका कार्यालयमार्फत हाइटीको काम गरिरहने पनि उल्लेख गरेको छ। सन् १९७८ देखि अक्सफाम हाइटीमा कार्यरत छ र सन् २०१० को भूकम्पपछि उसले आफ्ना गतिविधि बढाएको थियो ।बीबीसी

तपाईको प्रतिक्रिया