उत्तरी भारतमा अविरल वर्षा, ११ को मृत्यु, हजारौँ विस्थापित


Share This

नेपालबहस संवाददाता    

नयाँ दिल्ली । उत्तरी भारतीय राज्यमा चार दिनयता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले बताए ।

उत्तरी भारतीय राज्य आसाम, त्रिपुरा, मणीपुरमा जारी यस प्रकोपमा परी ११ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँको सङ्ख्यामा विस्थापित भएका छन् । उक्त वर्षापछिको बाढीमा परेर कैयौँ नागरिक बेपत्ता भएका छन् । तर के कति मात्रामा उनीहरु हराएका छन् भन्ने बारेमा खोजी सुरु भएको बताइएको छ ।

आसाम राज्यका कैयौँ जिल्लामा भारी बर्षापछि बाढी आएको उक्त राज्यका प्रकोप व्यवस्थापन निकायका एकजना अधिकारीले बताए । यस राज्यमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३६ हजार विस्थापित भएका पनि उनले जानकारी दिएका छन् । त्यसैगरी त्रिपुरा राज्यमा यस प्रकोपमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ हजार घरबारबिहिन भएका अधिकारीहरुले बताए।

मणिपुर राज्यमा जारी भारी बर्षाको पछिको बाढीको कारण राजधानी इम्फाललगायत राजधानीसँग जोडिएका जिल्लामा सरकारले विदा दिएको बताइएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया
Road Show Real State