कोलम्बियामा इभान डुके नयाँ राष्ट्रपतिमा निर्वाचित


Share This


नेपालबहस संवाददाता    67 Views

बोगोटा । इभान डुकेले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरी नयाँ कोलम्बियामा नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । इभान डुके नयाँ राष्ट्रपतिमा चुनिएको खबर निर्वाचन अधिकारीहरुले दिएका छन् । उनीहरुले डुकेले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको र औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बताएका छन् ।

उनले केही समयमात्र अघि कोलम्बियाली विद्रोही फार्कसँग भएको शान्ति सम्झौताको बिषयमा आलोचक थिए ।शान्ति सम्झौतालाई पूर्ण रुपमा परिमाजन गर्ने प्रतिबद्धता उनको निर्वाचनको एक एजेण्डा पनि थियो ।

सन् २०१६ मा कोलम्बिया सरकारसँग फार्क विद्रोही समूहसँग भएको शान्ति सम्झौताको पुनर्लेखन हुनुपर्ने इभानको दावी रहदै आएको छ ।

उनका प्रतिद्वन्द्वीमा पूर्व वामपन्थी छापामार गुस्ताभो पेट्रो हुन । नफार्क विद्रोही समूहसँगको शान्ति सम्झौताको समर्थन गर्दै आएका छन्। उनले करिब ४१ प्रतिशत मत ल्याउएका छन् ।

राष्ट्रपतिमा इभान निर्वाचित भएपछि कोलम्बियाको फार्क विद्रोही समूहसँग भएको उक्त विवादास्पद शान्ति सम्झौताको भविश्यबारे प्रश्न उठ्नसक्ने विश्लेषकहरुको भनाई छ । एजेन्सी

तपाईको प्रतिक्रिया