जम्मू-कश्मीरमा आइतबारदेखि मौसममा सुधार


Share This


नेपालबहस संवाददाता    

मन्दिर दर्शन गर्न गएका सकुसल घर फर्के

काठमाडौं । जम्मू कश्मीर मा बाढीको बीचमा पनि आइतबार अमरनाथ मन्दिर जाने यात्रीहरु मौसममा सुधार आएपछि आइतबार आज प्रस्थान गरेका छन् ।

भारी वर्षा भएका कारण बालटाल र पहलगाम ट्रैक मा तीन दिन देखि उनीहरुको यात्रा रोकिएको थियो। कडा सुरक्षाका बीच ३ हजार यात्रुलाई सुरक्षा बेस क्यापतिर सारिएको छ । उनीहरुको साथमा रहेको ९९ वटा गाडीलाई पनि सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

यसअघि शुक्रवार को उधमपुर सडकमा फसेका करीब दुई हजार यात्रीहरुलाई पहलगाममा शनिवार बिहान नै सारिएको विविसीले जनाएको छ । यसरी बाबा बर्फानीको दर्शन गर्न गएका ५ सय ८७ यात्रु तेस्रो दिनमा सुरक्षित स्थानमा सारिएपछि दर्शन गरेर आइतबार घर फर्केका छन् ।

तिन दिन देखिको भारी बर्षा आइतबारबाट पूर्ण रुपमा खुलेपछि बेस क्याप देखि यात्रीहरुलाई अगाडी बढ्न सहज भएको बताइएको छ ।उक्त राज्यमा पछिल्लो तीन दिन देखि लगातार वर्षा भएपछि जेलम नदीमा पानीको बहाव बढेको छ। यसैबीच दक्षिणी कश्मीरमा पनि बाढीको खतरा भएकाले आसपासका क्षेत्रका स्थानियलाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।

यता, नदीमा पानीको वहाव बढेपछि प्रशासनले सुचना जारी गरेको थियो । मौसम विभागले चाहि आज आइतबार देखि मौसम मा सुधार आएको बताएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया