साउदी राजा तेल उत्पादन बढाउन सहमत : ट्रम्प


Share This


नेपालबहस संवाददाता    

वासिङ्टन । साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएका छन् । तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए ।

संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो ।

अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न आग्रह गरेको थियो । तेल निर्यातकर्ता मुलुकहरूको संगठन ९ओपेक० को तेस्रो ठूलो तेल उत्पादकले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।

तपाईको प्रतिक्रिया