रोएटर्सका पत्रकारको मुद्दाबाट पछि हट्न आग्रह


Share This


नेपालबहस संवाददाता    

याङ्गोन । म्यान्मारमा रोहिंग्या समुदायको पक्षमा रिपोर्टिङ गरी यहाँको सैनिक कानूनको उल्लङ्घन गरेको आरोपमा लगाइएको मुद्दालाई रद्द गर्न एक न्यायाधीशलाई सोमबार आग्रह गरिएको हो ।

रोहिंग्या मुस्लिम समुदायका नागरिकमाथि भएको बर्बर दमन तथा हत्यालाई बाहिर ल्याउनु रोयटर्सका रिपोर्टरको कर्तव्य भएको उनीहरूका वकीलको दावी रहेको छ ।

म्यान्मारको सरकारी गतिविधिको गोपनीयता सम्बन्धी ऐनको विपरित हुनेगरी रिपोर्टिङ गरेको आरोपमा ३२ वर्षीय वा लोन र २८ वर्षीय सोए उमाथि सैनिक कारबाहीका समय भएका घटना बाहिर ल्याई सैनिक गोपनियता भङ्ग गर्न खोजेको आरोपमा बढीमा १४ वर्षसम्मको जेल सजायको मागसहित मुद्दा दायर गरिएको छ ।

उनीहरूलाई मुद्दाको अनुसन्धानका लागि भन्दै विगत छ महिनादेखि म्यान्मारको जेलमा राखिँदै आएको छ । म्यान्मारका नागरिक उनीहरूलाई गत डिसेम्बरमा सङ्कटग्रस्त राखिने राज्यबाट पक्राउ गरिएको थियो । उनीहरूलाई राखिने राज्यमा सैनिक कारबाहीसम्बन्धी गोप्य तर संवेदनशील कागजातलाई नियन्त्रणमा लिई राज्यका विरुद्ध अनर्गल प्रचार गरिएको दावी गरिएको छ ।

उनीहरूको पक्षमा मानवअधिकारकर्मी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकले समर्थन गर्दै सञ्चारकर्मीको पक्राउ प्रेस स्वतन्त्रता र रोहिंग्या सङ्कटबारे हुने सूचनालाई लुकाउने प्रयास भएको बताएका छन् ।

गत सोमबार यहाँका एक न्यायाधीशले पक्राउ परी जेलजीवन विताइरहेका सञ्चारकर्मीबारे सुनुवाई हुने वा नहुने भन्ने बिषयमा यही जुलाई ९ गते अदालतले निर्णय दिने बताएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया