मलेसियाका निवर्तमान प्रधानमन्त्री नाजिव आफ्नै निवास बाट पक्राउ


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । मंगलबार स्थानिय समय अनुसार मलेसियाका निवर्तमान प्रधानमन्त्री नाजिब रजाक पक्राउ परेका छन् । मलेसियन एन्टी करप्सन कमिसनले उनी आफ्नै निवास बाट पक्राउ परेको पुष्टि गरेको मलेसियाको स्थानीय अनलाइन द स्टारले जनाएको छ ।

अहिले उनलाई करप्सन कमिसनको केन्द्रीय कार्यालय लगिएको छ । उनलाई पक्राउ गर्नुको कारण भने खुलाइएको छैन । तर बुधबार अदालतमा आरोपको बारेमा बताइने छ । स्थानीय समाय अनुसार बिहान ८ः३० बजे अदालतमा नाजिबलाई के के आरोप लागाइने भन्ने टुङ्गो लाग्ने छ ।

प्रधानमन्त्री महाथिर मोहम्मदले नाजिबको कम्पनी वान मलेसिया डेभलपमेन्ट र मंगोलियाका एक मोडलको हत्याको विषयमा बलियो प्रमाणहरु खोजिरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया